जिल्ला अस्पतालमै डाइलासिस सेवा सुरु गर्छौं : बस्नेत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिन्धुपाल्चोक । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताउनुभएको छ । शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताउनुभएको हो ।

ADVERTISEMENT

सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाइ अन्त्य गर्न सबै जिल्ला अस्पताललाई सुविधासम्पन्न गराइने बताउँदै उहाँले चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफूले पहल गर्ने बताउनुभयो । मन्त्री बस्नेतलाई स्थानीय प्रतिनिधिहरूले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज