भ्रष्टाचारीलाई जोगाउन १२० कालोकोटधारीहरुले बल लगाइरहेका छन्: चित्रबहादुर केसी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई कानुन व्यवसायी लागिपरेको आरोप लगाउनुभएकाे छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाउनुभएकाे हाे ।

ADVERTISEMENT

‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउने षड्यन्त्र गरिरहेका छन्,’ बैठकमा उहाँले भन्नुभयाे, ‘कतिसम्म तर्क आएका छन् भने गृहमन्त्रीले प्रहरीलाई अपाएकमा सरुवा गरेका कारणले प्रहरीले यो झुटो मुद्दा लगाएको भनेर, यस किसिमले दिनलाई रात बनाउने जुन षड्यन्त्र भइराखेको छ ।’

यसअघि पनि ठूल्ठूला भ्रष्टाचारीहरुलाई सरकारले जोगाउने गरेको आरोप लगाउँदै उहाँले पैसाकै लागि भ्रष्टाचारीलाई उम्काउन कालोकोटधारीले दुष्साहस र षड्यन्त्र गरिरहेको बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज