एनएसएलको आयोजना मिति घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को मिति घोषणा भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार एनएसएलको मिति घोषणा गरेको हो ।

नयाँ संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि आयोजकले मिति घोषणा गरेको हो । एन्फाले एनएसएल आयोजना गर्न आयोजकसँग गत पुसमा आठ वर्षको सम्झौता गरेको थियो । एनएसएलमा यसपटक १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

ADVERTISEMENT

यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पु¥याइएको हो । यसपटक विराटनगर सिटी एफसी, वीरगञ्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभागिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?