विद्यालयका कर्मचारीको संघर्ष : रिले अनशनदेखि प्रदर्शनसम्म (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन् ।

गत सोमबारबाट रिले अनसन सुरु गरेका उनीहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा उनीहरुले काठमाडौं केन्द्रित संघर्ष गरेका छन् ।

गत सोमबारबाट काठमाडौँको भद्रकालीमा उनीहरुले रिले अनसन सुरु गरेका हुन् ।

विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज