क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका भित्रका पाँच वटा स्वास्थ्य चौकीमा क्षयरोगका बिरामीको सक्रिय खोज पड्ताल (अनुसन्धान) सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

तिला गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव उत्तम देवकोटाका अनुसार गाउँपालिका स्वास्थ्यकर्मी गाउँमै गएर क्षयरोगका बिरामीको पहिचान गरि थप स्वास्थ्य उपचार र सल्लाह दिनका लागि क्षयरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएकाे हाे ।

क्षयरोग सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका छन् । यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवन शैली हो । सिनियर स्वास्थ्य अहेव देवकोटाले भन्नुभयो , 'स्वास्थ्यकर्मीसहितको टोली तिलाका ग्रामीण स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य शिविर संचालनबाट यहाँका करिब तीन सय १२ जना लाभान्वित भएका छन् ।'

सो स्वास्थ्य शिविरबाट राँसा स्वास्थ्य चौकीमा महिला ८१, पुरुष ४५ जना , जुम्लाकोट स्वास्थ्य चौकीमा महिला २९, पुरुष २१ जना, कुडारी स्वास्थ्य चौकीमा महिला २४, पुरुष २३, रारालिही स्वास्थ्य चौकीमा महिला २५, पुरुष २४ जना र घोडेमहादेव स्वास्थ्य चौकीमा महिला २०, पुरुष २० गरि जम्मा तीन सय १२ जनाको क्षयरोग सम्बन्धि स्वास्थ्य जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको तिला गाउँ रपालिका स्वास्थ्य शाखाका सिनियर स्वास्थ्य अहेव उत्तम देवकोटाको भनाइ छ ।

ADVERTISEMENT

स्वास्थ्य सेवालाई सहज पहुँच पुर्‍याउनका लागि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिने थालेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँमा लिएर स्थानीयवासिको स्वास्थ्य जाच र उनीहरूको स्वास्थ्य समस्या बारे समाधान गर्नका लागि गाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्रथामिकतामा राखेर काम गरेको उपाध्यक्ष बुढाको भनाइ छ ।

गाउँमै क्षयरोग सम्बन्धि स्वास्थ्य शिविर संचालन गरेकोमा यहाँका स्थानीयवासिलाई स्वास्थ्य चेकचाँज गर्न सहज भएको तिला गाउँपालिका १ का स्थानीयवासि माने रावलले बताउनुभयो ।

उक्त स्वास्थ्य शिविरबाट पालिकाका नौवटै वडाका जेष्ठ नागरिक लगायत स्थानीयवासिले स्वास्थ शिविरबाट सेवा लिएको तिला गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज