काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको अध्यक्षमा गणेश भट्टराई निर्वाचित हुनुभएको छ ।
मंगलबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षका प्रतिस्पर्धी लिलानाथ चौलागाईंलाई पराजित गर्नुहुँदै अध्यक्षमा भट्टराई निर्वाचित हुनुभएको हो । ४०९ मतमध्ये भट्टराईले १९२ र चौलागाईंले १८१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्ष ओम प्रसाद शर्मा अधिकारी, कुमार प्रसाद पौडेल, महिला उपाध्यक्ष तारा के.सी. (शिला), उपाध्यक्ष (सेवा) तुलसी अधिकारी, उपाध्यक्ष (उत्पादन) निमा लामा, उपाध्यक्ष (अनौपचारिक) ख्यामराज सुवेदी निर्वाचित हुनुभएको छ ।
अधिवेशनले सचिव विश्वहरी घिमिरे, सहसचिव रमेश घिमिरे, महिला सहसचिव तारा भण्डारी , सहसचिव (सेवा) ऋषिराम गिरि, सहसचिव (उत्पादन) उदय बहादुर लामा, सहसचिव (अनौपचारिक) अनिल कुमार झा, कोषाध्यक्ष रमेश खनाल, सहकोषाध्यक्ष निर्मला दुलाल आचार्य , महिला समिति अध्यक्ष अनु शर्मा र युवा समिति अध्यक्ष राजु परियार निर्वाचित हुनुभएको छ ।
ट्रेड युनियन कांग्रेसको केन्द्रिय महाधिवेशन असार ४,५ र ६ गते काठमाडौमा हुँदैछ । नेपाली कांग्रेसको सबै भातृ एवं शुभेच्छुक संस्था मध्ये विधान अनुसार बैठक, विभिन्न गतिविधि, प्रत्येक वर्ष परिषद् सम्मेलन र चार चार वर्षमा महाधिवेशन गर्ने ट्रेड युनियन कांग्रेस मात्र एक्लो शुभेच्छुक संस्था हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts