अरुण गाउँपालिका अध्यक्षलाई माओवादीको एघार बुँदे ध्यानाकर्षण पत्र

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । नेकपा (माओवादी केन्द्र) अरुण गाउँकमिटिले आर्थिक बर्ष २०८०/०८१ को बजेट तयार गर्दा आफ्ना योजनाहरु पनि समेट्न माग गर्दै अरुण गाउँपालिकाका अध्यक्षलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा (माओवादी केन्द्र) अरुण गाउँ पार्टीको बैठकले गरेको निर्णय अनुसार गाउँपालिकालाई आफ्ना मागहरुका बिषयमा ध्यानाकर्षण गराएको गाउँकमिटि अध्यक्ष डिल्लीराम अधिकारीले बताउनुभयो ।

“अरुण गाउँपालिका सरकारलाई हामीले बिभिन्न ११ बुदाँको ध्यानाकर्षण पत्र बुझाएका छौ, गाउँपालिकाको नयाँ आर्थिक बर्षका लागि बन्ने योजनामा ती कुराहरु पनि समावेश हुनु पर्ने हाम्रो माग हो ।” अध्यक्ष अधिकारीले भन्नुभयो ।

माओवादी अरुण गाउँ कमिटिले बुझाएको पत्रमा प्रत्येक वडामा एक करोडका दरले बजेट बिनियोजन गर्दे ठुला वडालाई थप बजेटको ब्यवस्था गरिनु पर्ने, योजनाहरुमा एकरुपता ल्याउन एकद्वार नितीबाट सेवा प्रवाह हुने ब्यवस्था गरिनु पर्ने, एक वडा एक प्राबिधिकको ब्यवस्थासहित फिल्डमा नै गएर काम गर्न कर्मचारीलाई प्रोत्साहन गरिनु पर्ने, योजना छनौट गर्दा रोजगारी हुने गरी तयार गरिनु पर्ने उल्लेख गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

यस्तै योजनाहरुको सम्झौता सम्वन्धित वडामा नै हुने र तीन लाख माथिको रकम भुक्तानीको लागि मात्रै गाउँपालिका आउने वातावरण बनाउनु पर्ने, शैक्षिक सुधारको अभियान थाल्दै सामुदायिक बिद्यालयहरुको प्रावि तहमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने ब्यवस्था गरिनु पर्ने, समयमा स्वास्थ्य सामाग्रीहरु खरिद गर्दै दिर्घ रोगीहरुलाई निशुल्क औषधीको ब्यवस्थासहित बिशेषज्ञसहितकाे घुम्ती शिविर संचालन गरिनु पर्ने समेत माओवादी केन्द्र अरुण गाउँ कमिटिले पालिकाको ध्यानाकर्षण गरेको छ ।

गाउँपालिका भित्र रहेका ७ वटै वडाहरुमा नमुना उत्पादन कृषि कार्यक्रम संचालन गरिनु पर्ने, एकद्वार निती मार्फत् कृषकलाई सामाग्री हस्तान्तरण, उत्कृष्ठ कृषकलाई पुरस्कृत गर्नु पर्ने, कृषकलाई अनुदानमा बिउ बिजन उपलब्ध गराउनु पर्ने माग पनि माओवादी केन्द्रको छ । सुशासन र भष्ट्रचार मुक्त पालिका निर्माणका लागि श्रोत साधनको सही परिचालन गर्दे समृद्ध पालिका निर्माण, पशु चौपायामा देखिएको लम्पी स्किन रोग रोकथामका लागि बजेट बिनियोजन र किसानका लागि चिस्यान केन्द्रको ब्यवस्थापन गर्न माग गर्दे माओवादी केन्द्र अरुण गाउँ कमिटिले गाउँपालिकालाई ध्यानाकर्षणसहित माग पत्र बुझाएको छ ।

माओवादी केन्द्रको तर्फबाट अध्यक्ष अधिकारीले बुझाएको ११ बुँदे माग पत्रलाई आफुले सकारात्मकरुपमा लिएको पालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज