बारा । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारामा आत्महत्या, दाइजोप्रथा र बालविवाहको अवस्था भयावह रहेको बताउनुभएकाे छ ।
राष्ट्रिय महिला आयोगले बाराको सदरमुकाम कलैया स्थित जिल्ला समन्वय समितिको हलमा मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । समाजमा विद्यमान हानिकारक अभ्यासहरुहरु दाइजो, बालविवाह, बहुविवाह, बोक्सी आरोपलगायतका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जिल्लामा आत्महत्या, दाइजो प्रथा र बालविवाहको अवस्था भयावह रहेको बताउनुभयो ।
दिनहुँजसो कुनै न कुनै बहानामा महिलाहरु प्रताडित हुँदै आएकाे उहाँले बताउनु भयाे । उहाँले भन्नुभयो,-‘सानै उमेरमा पढ्दा पढ्दै माया प्रेमको कुचक्रमा परी घर छाडी भाग्ने, विवाह गर्ने प्रवृति जिल्लामा हावी रहेको छ । अभिभावकहरुले सम्झाउँदा नमान्ने बढी दबाब दिदा आत्महत्या गर्ने जस्ता प्रवृति बढेको छ । जसले गर्दा अभिभावकहरुले समेत सानैमा विहाबारी गरिदिने कुप्रथाको विकास भएको देखिन्छ । अभिभावकहरुले उनीहरुलाई सही शिक्षा र वातावरण दिन नसक्दा बालबालिकाहरु बाटो विराउने गरेका छन् । बिहे गर्दा ऋण लिएर भएपनि दाइजो दिन्छन् । यता दाइजो दिने लिने दुबैले आफूलाई महान ठान्छन् । जबकि त्यही दाइजोको कारण परिवार नै विचल्लीमा पर्ने गरेको छ । २० वर्ष पुग्न नपाउँदै उनीहरु हामीसँग छोरीको बिहे गरिदिदा हुन्छ कि हुँदैन भनि सोध्ने गर्छन ।’
सो अवसरमा बारा बार एशोसिएशनका कोषाध्यक्ष सुर्यजित सिंहले बारामा महिला हिंसा सहित समाजमा बिद्यमान हानिकारक अभ्यासहरुका स्थितिका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
आयोगको सदस्य जया घिमिरेले महिला अधिकारको लागि तिनै तहका सरकार ईमान्दार भएर लाग्नुपर्ने बताउनुभयो । आर्थिक शसक्तिकरण भए मात्र महिला हिंसा न्यूनीकरण हुनेमा आफू बिस्वस्त रहेको उहाँले बताउनुभयो । राजनीतिमा १ तिहाई महिला प्रमुख पदमा निर्वाचित हुनुपर्ने, प्रशासनिक र कानुनी क्षेत्रमा समेत ३३ प्रतीशत महिला हुनुपर्ने उहाँ माग गर्नुभयो ।
रास्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेको अध्यक्षता एवम, जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, उप प्रमुख रौशन प्रविण, बारागढी गाउपालिकाको अध्यक्ष अशोक जयसवाल, जितपुर सिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारी, प्रजिअ नवराज सापकोटा, प्रहरी नायब उपरीक्षक पुरुषोतम प्रसाद पान्डे, लोसपाका महिला नेतृ पिन्की यादव, पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, बरिष्ठ पत्रकार सुजित अर्याल, नेपाल प्रेस युनियन बारा शाखाका सचिव राजेश कुशवाहालगायत महिला अधिकारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा