गाईवस्तुमा लम्पी स्किनको प्रकोप

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा पशुहरुमा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ । जिल्लाका १२ वटै पालिकामा गाई गोरु, भैसी र बाख्राहरुमा खटिरा उठ्ने, शरिरका विभिन्न भाग सुन्निने र धमाधम मर्न थालेपछि कृषकहरु चिन्तामा परेका छन् ।

लम्पी स्किन भाईरसले गुल्मी जिल्लाका सबै पालिकाहरुमा पशुचौपायहरु धमाधम बिरामी पर्दै र मर्दै गएका छन् । गत दुई महिना देखि यो भाईरसले किसानका हजारौं गाई भैसी, गोरु र बाख्रा मरेर ठुलो क्षति भएको छ । मुसिकोट नगरपालिकामा वडा नम्बर २ र ३ का रामबहादुर महत, मिनबहादुर महत, बुद्ध थापा, राजु नेपाली, नरबहादुर कार्की, डम्बरबहादुर बोहरा बासुदेव रिजालसहित दर्जनौं घर परिवारका गोरु मरेको र त्यति भन्दा बढि संख्यामा बिरामी परेको देखिएको छ ।

प्रायःप्रत्येक घरका गोरुहरुको माल्चो सुन्निने, डरलाग्दा खटिरा शरिरका विभिन्न भागमा उठ्ने र पाकेर घाउ बन्ने गरेको छ । त्यस रोग बारे अनविज्ञ किसानहरु ती गोरुहरुलाई बेसार पानी खुवाउँदै सम्बन्धित निकायहरुले चासो नदेखाएको गुनाँसो गरेका छन् । कालिगण्डकी गाउँपालिका प्रमुख वेद थापा, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल र रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले सबैतिर पशु चौपायको यो भाईरसले असर गरेर कृषकहरु आपतकालिन अवस्थामा पुगेको बताउनुभयो ।

ADVERTISEMENT

धुर्कोटमा एक हजार बढि चौपायहरुमा भाईरस बिरुद्धको खोप लगाईएको तर प्रदेश सरकारको प्रतिनिधि संस्था पशु सेवा तथा पशु चिकित्सक विज्ञ केन्द्रले केहि नगरेर घाँस मात्रै वितरण गरेर दिन कटाएको धुर्कोट गाउँपालिका प्रमुख पोखरेलले बताउनुभयो । मुसिकोट नगरपालिका नगरप्रमुख खरेलले पशु स्वास्थ्यकर्मी नपुगेका वडाहरुमा तत्कालै आफुले खटाउने निर्देशन दिएको बताउनुभयो ।

रुरुक्षेत्र गाउँपालिकामा गाई मात्रै ३६ वटा मेरको र अबको अवस्थामा स्थानीय सरकारको पशु स्वास्थ्य पहुँच भन्दा माथी पुगेको त्यस गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले बताउनुभयो । कालीगण्डकीसहित पुर्वी गुल्मीका सबै पालिकाहरुमा पनि पशु चौपायामा लागेको भाईरसको अवस्था भयावह रहेको त्यस पालिका प्रमुख थापाले बताउनुभयो ।

अधिकांस पालिका प्रमुखले प्रदेश सरकारको प्रतिनिधि संस्था पशु सेवा बिज्ञ केन्द्र गुल्मीले केहि गर्न नसकेको बताउनुभएको छ ।
यता प्रमुख पशु चिकित्सक भरत काफ्ले आफु कहाँ आएको खोप पालिकाहरुलाई दिएको, थप खोप प्रदेश र संघ सरकार र अर्थमन्त्रालयले रकम निकासी गरेर नपठाएकाले वितरण गर्न नसकिने बताउनुभयो । काफ्लेले भन्नुभयो,- ‘मानिस संक्रमित हुने कोभिड महामारी जस्तै अहिले आएको पशुमा लाग्ने भाईरस त्यस्तै हो ।’ उहाँले लम्पी स्किनको खोप बाहेक अन्य उपचार नहुने स्पष्ट पार्नुभयो । उहाँले ४ देखि पाँच हजार सम्म पशु चौपाय मरी सकेको र त्यो भन्दा बढि थला परेको जानकारी पाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज