विद्यार्थीको रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण सम्पन्न

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा बहुमु्खी क्याम्पसमा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण सम्पन्न भएकाे छ । स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरिएको हो ।

स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष पुनाराम घिमिरेको रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरि शुभारम्भ गरिएको हो । रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण पश्चात् स्ववियू अध्यक्ष घिमिरेले रगत जतिबेला पनि आवश्यक पर्न सक्ने भन्दै विद्यार्थीको निःशुल्क रुपमा रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरिएको बताउनुभयो ।

ADVERTISEMENT

एक सयभन्दा बढी बिद्यार्थीले रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गराएका छन् । क्याम्पसमा अध्ययनरत धेरैजसो विद्यार्थीहरुको रक्त समूहको पहिचान थिएन । आज पहिचान गरिएको रगतबाट कसैलाइ रगत आवश्यक परेको खण्डमा तत्काल उपलब्ध गराउन सहज हुने स्ववियु संरक्षण एवम् क्याम्पसप्रमुख हरि बहादुर खत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज