रूपन्देही । वुटवल महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको ध्यानाकर्षण गराउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेट गर्दै प्रमुख पाण्डेयले बुटवललगायतका पूर्वपश्चिम राजमार्ग क्षेत्रका स्थानीय तहहरुको मुख्य चुनौतीका रुपमा छाडाचौपाया रहेकाले यसको समाधानमा चासो दिन अनुरोध गर्नुभयो ।
प्रमुख पाण्डेयले बर्दघाटदेखि चन्द्रौटासम्मका स्थानीय तहहरुलाई लाभ हुने गरी कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापनका लागि आवश्यक प्रबन्ध गर्न माग गर्नुभयो ।
‘यो क्षेत्रका स्थानीय तहहरुलाई समावेश गरेर सम्भव भएमा राष्ट्रिय निकुञ्ज निर्माण गरेर छाडा चौपायाहरु व्यवस्थापन गर्नु उपयुक्त हुन्छ, तत्कालका लागि निश्चित क्षेत्र छुट्याएर सबै छाडा चौपाया राख्ने व्यवस्था गर्नका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गरिदिनुहुन मेरो अनुरोध छ ।’
उहाँले यसो भएमा सबै स्थानीय तहहरुको समस्या समाधान हुने, छाडा चौपाया पालनपोषण गरेपछि मल उत्पादन हुने र त्यसले आम्दानी गर्न सकिने बताउनुभयो ।
भेटका क्रममा प्रमुख पाण्डेयले ज्योतिनगर, लक्ष्मीनगर, पाखापानीक्षेत्रको पहिरो नियन्त्रणमा प्रदेश सरकारले विशेष चासो दिन आग्रह गर्नुभयो । ज्योतिनगर, लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरोका कारण बुटवलको बस्ती जोखिममा परेको र यसले ठूलो क्षति हुनसक्ने भएकाले त्यसमा विशेष चासो दिन आग्रह गर्नुभयो ।
प्रमुख पाण्डेयले बुटवलबाट प्रदेशको राजधानी सारिसकेपछि बुटवलले चित्त दुखाएकोले बुटवलको उन्नतिमा विशेष चासो दिनका लागि अनुरोध गर्नुभयो । प्रदेशको राजधानी नभएपनि बुटवलको विकासमा प्रदेशले चासो दिएर आर्थिक केन्द्र बनाउनका लागि विशेष बजेटको व्यवस्था गर्न उहाँले अनुरोध गर्नुभयो ।
प्रमुख पाण्डेयसँगको भेटमा मुख्यमन्त्री चौधरीले छाडा चौपाया व्यवस्थापनमा विशेष चासो दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले पहिरो नियन्त्रण र बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि प्रदेशले विशेष चासो दिने बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts