जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले सदस्यता शुद्धीकरण गर्दै ६९ जनाको सदस्यता खारेज गर्न सिफारिस गरेकाे छ । महासंघ जिल्ला कार्यसमितिले प्रदेश तथा केन्द्रीय समितिलाई ६९ जनाको सदस्यता नवीकरण नगर्न सिफारिस गरेको हो । पत्रकार महासंघ जुम्लाले जारी गरेको सार्वजनिक सुचनाका अनुसार महासंघका १०३ सदस्यमध्ये क्रियाशिल ३४ जना पत्रकारकाे मात्रै नविकरण गरेर प्रदेश र केन्द्रको महासंघमा पठाएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।
महासंघकोे जेठ २५ गते बसेको वैठकले कुनै समयमा पत्रकारिता गरिरहेका तर हाल काममा नरेहका, विभिन्न तहमा सरकारी कर्मचारी, स्थानीय तहका उम्मेदार उठेका र मुलपेशा अर्को वनाएर पत्रकारिता गरिरहेका व्यक्तिहरुको स-सम्मान विदाई गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लामा विधान अनुसार आवेदन आएकामध्ये सदस्यता छानविन भई नविकरण भएको महासंघले जनाएको छ । महासंघमा नयाँ सदस्यताका लागि परेका आवेदनका आधारमा ८ जना नयाँ सदस्य सिफारिस गरिएको छ । आठ जना नयाँ सदस्य मध्यमा ७ जना महिला सिफारिस गरिएको छ । महासंघको ईतिहासमा गैरपत्रकारहरुको छाता संगठन भएको ठूलो आलोचना खेपिरहेको समयमा ऐतिहासिक तथा साहसिक निर्णय गरेर शुद्धीकरण गरेको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता