काठमाडौं । एभरेष्ट किड्स इँग्लिस स्कुलका विद्यार्थी र अभिभावकको दात परीक्षण गरिएको छ । तारकेश्वर नगरपालिका नेपालटार ११ मा रहेको एभरेष्ट किड्स इंग्लिस स्कुल र पिपल्स डेन्टल अस्पतालको सहकार्यमा स्कुलका विद्यार्थी तथा अभिभावकहरूको दाँतसम्बन्धी उपचार शिविर आयोजना गरिएको हो ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष चेतन नेपालको सभापित्वमा भएको शिविरमा स्कुलका प्रन्सिपल नारायण पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि विशिष्ट कलाकार एवं चलचित्र विकास बोर्डका पूर्वसदस्य उत्तम केसीले मन्तव्यसहित सहभागी डाक्टर एवं चिकित्सकलाई विद्यालयकोतर्फ बाट प्रंशसापत्र प्रदान गर्नुभएको थियो ।
शिविरमा प्रकाश कुवँर, डा.सलिना कार्की, डा.संगीता भण्डारी, डा.कर्ण महत्तो, डा.प्रेरणा ढकाल, डा.कृति केसी, गीता थापा, भावना सिंह, अभिसा राई, आर्जु उप्रेती, आयुषा सिटौला, आयुस खड्का, एलिसा कार्की, गायत्री कोइराला, अश्मी शर्मा, आर्शिया खनाल, दिलसा लामालगायतले दत्त स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता