लैङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकामा लैङ्गिक हिंसा सम्बन्धि जनप्रतिनिधि स्थानीय कर्मचारी र महिला सामाजिक स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया गरिएको छ ।

त्यस अवसरमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिका सबैखाले विभेदको अन्त्यका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । उपप्रमुख अमृतादेवी कुँवरले अहिले पनि समाजमा लैङ्गिक हिंसा सुक्ष्म रुपमा रहेको बताउँदै यसको अन्त्यका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले पछिल्लो समय देखिएका लैङ्गिक हिंसाका विषयमा जानकारी गराउँदै यसलाई निर्मूल पार्न आफुहरु सधैं तत्पर रहेको उल्लेख गर्नुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले पछिल्लो समय पुरुषहरु पनि हिंसाबाट पीडित बनिरहेको बताउनुभयो ।

रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, स्वास्थ्य शाखा प्रमुख मन्जु घर्तिमगर, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रममा गुल्मी अस्पतालमा रहेको ओसि।एम।सि फोकल पर्सन जमुना पन्थीले जिल्लामा रहेको लैङ्गिक हिंसाका विविध विषय समावेश गरिएको विवरण प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज