कालीकोट । कालीकोटको रास्कोट नगरपालिका-२ सेराचौरमा जीप दुर्घटना परी घाइते भएकी रिता सिंह ‘शाही’ को करीब तीन घण्टापछि हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।
जीप दुर्घटनामा घाइते भएकी रिता सिंह ‘शाही’ लाई हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्याइएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही ‘पोषण’ ले जानकारी दिनुभयाे ।
बिहीबार बिहान ७ बजे भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । रास्कोट नगरपालिका-१ सेरामा ग ३ च ४६१० नम्बरको डबल क्याप भएको बोलेरो गाडी दुर्घटनाा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मनबहादुर शाही उनकी ३६ वर्षीया श्रीमती मनकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । दुर्घटनामा सोही ठाउँका २२ वर्षी रिता शाही घाइते भएकी थिइन् ।
सेराचौरमा रहेको बसपार्कमा गाडी ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । गाडी सडकबाट करीब तीन सय मिटर तल खसेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts