राष्ट्रिय लोकमार्गमा हाइड्रोपावरका संरचना, बढ्यो दुर्घटना जोखिम

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । लोकमार्गको छेउछाउँमा छरपस्ट गिट्टी, ढुङ्गा, बालुवा विद्युतीय तारहरु । छेउ तिर दरमखोला र कुना पट्टी बडेमानका फलामका पाइप । यातायातका साधान निकै जोखिम मोलेर गुड्छन् । पदैल यात्रु पनि सडकभरी लत्रिएका विद्युतीय तारबाट करेन्ट लाग्ने डरले निकै मुस्किलका साथ हिड्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अन्तर्गत गलकोट नगरपालिका–मनेवापाटामा मापदण्ड मिचेर हाइड्रोपावर निर्माण भइ रहेको छ ।

दरमखोला हाइड्रोपावर प्रालिले लोक मार्ग कार्यालयसँग सम्झौता गरेर निर्माण थाले पनि अहिले मापदण्ड विपरित गरि रहेको पाइएको छ । लोकमार्गनै अतिक्रमण गरेर हाइड्रोपावर निर्माण गर्दा सरोकारवाला निकायले कुनै पनि अनुगमन गरेर अटेरी गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सकेको छैन । हाइड्रोपावर प्रा.लि.ले सडक साँघुरो हुने गरि बिछ्याइएका पाइपले दुर्घटनाको जोखिमसमेत बढाएको छ । व्यक्तिगत कम्पनीले सार्वजनिक स्थल मिचेर काम गर्दा सरोकारवाला मौन बस्नु रहस्यम रहेको यात्रुको भनाइ छ । निर्माण कम्पनीले सवारी आवतजावत ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडीचालकहरूको गुनासो गर्छन् ।

मध्यपहाडी लोकमर्गा कार्यालय पर्वतका इन्जिनियर राजन पाण्डेले हाइड्रोपावर प्रालिलाई सडकमा यातायातका साधान खुल्ला रुप चल्न दिने गरि काम गर्न पत्रचार गरे पनि अटेरी गरि रहेको बताउनुभयो । सडकको दुई-चार स्थानमा ठाउँमा मापदण्ड विपरित काम गरेको इन्जिनियर पाण्डेको भनाइ छ । उहाँका अनुसार नौ सय मिटर लोकमार्ग हाइड्रोपावर प्रालिलेनै कालोपत्रे गरि दिने सम्झौतामा छ ।

उहाँले भन्नुभयो – “मापदण्ड अनुसार र निर्माण सामग्री व्यवस्थित रुपमा राखेर निर्माण गर्न गर्न आठ÷दश वटा पत्र पठायौँ तर कुनै वास्ता नगरि काम गरेको छ, हाइड्रोपावर प्रालिले अटेरी गरि राख्दा सवारी साधान आवतजावतमा समस्या परेको छ, अहिले हामीहरुले प्रेसर गरेपछि छेउ पट्टीबाट पर्खाल उठाउने काम गरि रहेको छ, कम्पनीले सम्झौता अनुसार काम गरेको भए समस्या हुने थिएन ।”

ADVERTISEMENT

सात मिटर चौडाइ रहेको दुई लेनको सडकमा कुना भागबाट पाइप बिछ्याउँदा पाँच मिटर पनि पुग्दैन । हाइड्रोपावरको पाइपले कुना पट्टीको नालीसमेत पुरेको छ । हाइड्रोपावर प्रा.लि.ले पाइप बिछ्याएपछि सडक निकै साँघुरोसडक दुर्घटनाको जोखिमसमेत उत्तिकै बढेको छ । दरमखोला हाइड्रो इनर्जीले आगामी असार मसान्तभित्र सक्ने गरी हाइड्रोपावरको कामलाई तीव्रता दिएको छ । यहाँबाट ९.६ मेगावाट विद्युत् निकालिने कम्पनीले जनाएको छ ।

हाइड्रोपावर सडकसँगै जोडिएर निर्माण गर्दा गाडी छिराउनै मुस्किल हुने गाडी चालक तुलबहादुर तामाङले बताउनुभयो । उहाँले साना गाडी जसोतसो आवतजावत गर्न सके पनि ठूला मालवाहक ट्रक र बसलाई गाह्रो हुने गरेको गुनासो पोख्नु भयो । सडकमा राखिएका पाइपका टुक्रा, गिट्टी र ढुङ्गाले गाडीको टायरलाई चिप्लाइ दिने र दुर्घटना गराइ दिने गरेको चालक तामाङ बताउनुहुन्छ ।

“नेताहरु, ठूला–ठूला पदका कर्मचारीहरु पनि यही सडक भएर हिँड्छन् हो, तर तिनीहरुले यस्तो दुरावस्था भएको सडक देख्दैनन्, यहाँ यसरी काम गर्ने कम्पनीलाई कारबाही गर्न सक्दैनन्, धेरै समय भयो सडकको अवस्था भएको तर अझै काम सकिएको छैन, कहिले सकिने हो अब ?,” उहाँले भन्नुभयो – “हजारौँ मान्छे हिड्ने सडक मिचेर दुई÷चार जनाले यसरी काम गरि रहेका छन् ।”

सडकमा छितरिएका निर्माण सामग्रीलाई व्यवस्थित गर्न आग्रह गर्दा यहाँ काम गर्ने केही व्यक्तिले उल्टै आफूहरुलाई धम्काउने गरेको गुनासो पोख्नु भयो । दिउसोको समयमा गाडीहरु सामान पन्छाएर ओहोरदोहोर गरे पनि राति भने दुर्घटना हुने संभावना बढि भएको भन्दै अहिलेसम्म धेरै मोटरसाइकल चालक लडेर घाइते भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज