-नृपेन्द्र बहादुर मल्ल
मुगु । हिउँ पहिरोमा वेपत्ता भएका ३ जना यार्सा संकलकहरु ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन ।
जुम्ला जिल्ला पातारासी गाँउपालिका वडा नं २ तल्फि गाँउका ३ जना मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ पर्ने च्यार्खु लेखमा गत बैशाख २२ गते हिउँ पहिरोमा परि वेपत्ता भएका थिए ।
मुगुका पाटनहरुमा यार्सागुम्वा टिप्न पुगेका उक्त गाँउका १५ जना मध्य तारासिंह सार्की (४०) पुन्न सार्कि (३५) र बिर बोहोरा (३५) बेपत्तामा परे पछि जिल्ला प्रशासन कार्यालय मुगु तथा पातारासी गाँउपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी बलसहितको टोलीले २ हप्तासम्म खोजी गर्दा पनि वेपत्ताहरु पत्ता लाग्न सकेका थिएनन ।
लगातारको हिमपात र पाटन तथा हिामलमा बाक्लाे जमेको हिउँका कारण जती प्रयास गर्दापनि सुरक्षाकर्मीहरुले वेपत्ताहरु फेला नपर्दा आश मारि सकेका थिए तर २० गते तल्फि गाँउका स्थानियहरु वेपत्ता आफ्ना आफन्त खोज्न घटना स्थलमा पुगेपछि स्थानिय, सुरक्षाकर्मी र पाटनमा यार्सा टिप्न पुगेकाहरुको खोजीमा वेपत्ता तिनै जनाको मृत लासहरु सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश बस्नेतले जानकारी गराउनु भयो ।
वेपत्ताहरुको लास फेला परेपछि जिल्ला अस्ताल मुगुबाट चिकित्सकसहितको टोली घटना स्थल भन्दा २ घण्टा तल पुगेर पोष्टमार्टम समेत गरि पाटन मै तिनै जनाको आफन्तहरुले दाहसस्कार गरेको पनि प्रनाउ बस्नेतले बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts