भोजपुर । लंगिक हिंसा न्युनीकरणका बिषयमा भोजपुर सदरमुकाममा सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुर र भोजपुर नगरपालिकाको आयोजनामा भएको सचेतना कार्यक्रमका सहभागीहरूले लैङगिक हिंसा नियन्त्रणमा सवैको हात्तेमालो जरुरी रहेको बताउनु भएको छ ।
शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी हुने हिंसा लैङगिकतामा आधारित हिंसा भएकाले यस्ता घटना निरुत्साहित गर्न जरुरी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा भोजपुर नगपालिकाकाका प्रतिनिधी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, राजनैतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधिहरू लगायतको सहभगिता रहेको थियो ।
सचेतना कार्यक्रममा लैंगिक हिंसाका बिषयमा प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी प्रमुख डिएसपी थापा क्षेत्री, प्रहरी निरीक्षक बिशाल लिम्बुले जिल्ला तहमा हिंसा नियन्त्रणका लागि गरिएको प्रयास, हिंसा, कानुनीस् प्रावधनका बिषयमा सहभागिहरूलाई सहजिकरण गर्नु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements