गुल्मी । गुल्मीमा एकिकृत विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिका ३ भाडगाउँमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना धागिथुम ब्यारेक, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखा, राष्ट्रिय सेवा दलको समन्वयमा एकिकृत विपद् प्रतिकार्य अभ्यास गरिएको हो ।
दैनिक घरायसी काम देखि घुम्न जाने क्रममा मानिसहरु विभिन्न घटनाहरुमा परी सुरक्षित स्थानमा निस्कन नसकी अड्कीएको अवस्थामा गरिने उद्धारको विषयमा कृत्रिम घटना सिर्जना गरि नमुना अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय लगायतको उपस्थितिमा कृत्रिम घटना एक जना घाँस काट्न गएका व्यक्ति भिरको खोंचमा परी निस्कन नसक्ने स्थानमा भेटिएपछि उनको उद्धारका लागि गरिने कार्य सुरक्षा निकायले नमुना अभ्यासका रुपमा देखाएका थिए ।
यसअघि पनि रेसुंगा नगरपालिकाको बेतुखर्कमा पहिरोबाट हुने विपद्को उद्धार कार्यको नमुना अभ्यास र इस्माको छल्दी पनाहमा वर्षायाममा खोला तर्ने क्रममा बाढीमा बग्दै गरेका नागरिकलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा नमूना अभ्यास गरिएको थियो ।
यस्ता अभ्यासले जिम्मेवारी क्षेत्रमा सुरक्षा फौज परिचालन गरी विपद् सम्बन्धि विषयहरुको खबर संकलन् गर्न, डुबान, बाढी पहिरोको जोखिम क्षेत्रहरु पहिचान गरी सुरक्षा, उद्धार तथा राहतको योजना तयार गर्न तथा सर्वसाधरण जनतासँगको सम्बन्ध थप सुदृढ गर्न, सुरक्षाको प्रत्याभूति प्रदान गर्न, सम्भांवित अपराधिक गतिविधिहरुलाई निरुत्साहित र फौजलाई जिम्मेवारी क्षेत्रसँग परिचित गराउन सहयोग पुर्याउने सहायक प्रजिअ गैरेको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts