‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैटौं संस्करण काठमाडौंमा सम्पन्न

Read Time = 6 mins

काठमाडौं । यसअघि भारतमा पाँच संस्करण सम्पन्न भएको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाल भारतका विभिन्न कलाकार र व्यक्तित्वहरूलाई अवार्ड प्रदान गर्दै छैटौं संस्करण सम्पन्न भएको हो ।

समारोहमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बाँस्कोटालगायत थुप्रै नेपाली कलाकर्मीलाई एकसाथ सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि सांसद् एवं व्यवसायी विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, भिआइपी कमेडियन, अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता निर्देशक आकाश अधिकारीलगायतले अवार्ड तथा सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, पत्रकार प्रकाश सुवेदी,सन्तोषकुमार देवकोटा, कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुवेर गिरी, डब्बु क्षेत्री, गीता अधिकारी, सुमन वैरागी उत्सव रसाइली, सुरक्षा भट्टराईलगायतलाई सम्मान गरिएको थियो ।

डिजिटल प्रविधिमा लामो समयदेखि काम गर्दै आउनु भएको सन्तोष देवकोटा नेपालमा डिजिटल मेडिया तथा रेडियो प्रविधि एक्स्पर्टको रुपमा परिचित हुनुहुन्छ ।

बलिउड अभिनेत्री भाग्यश्रीले नेपाल सुन्दर देश रहेको र यहाँको आतिथ्यताले आफूलाई आकर्षित गरेको भन्दै फेरि अझ धेरै समय लिएर नेपाल घुम्न आउने चाहरहेको बताउनुभयो । अब आफू बारम्बार नेपाल आउने बताउँदै नेपाल सुन्दर देश भएको र सुन्दरताका कारण विश्वमा चिनिएको धारणा राख्नुभएको थियो ।

ADVERTISEMENT

उक्त अवसरमा अभिनेत्री प्रियंका कार्की वेस्ट अभिनेत्री, धिरज मगर वेस्ट अभिनेता, मिलन चाम्स वेष्ट निर्देशक, श्रद्धा क्षेत्री वेष्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री वेष्ट डेब्यु अभिनेता, विजय बराल वेष्ट कमेडीयन कलाकार, दीपक शर्मा उत्कृष्ट संगीतकार, कमल राई उत्कृष्ट कोरियोग्राफर, शंकर पाण्डे उत्कृष्ट प्रोडक्सन डिजाइनर र चलचित्र ‘महापुरुष’ले वेष्ट चलचित्रको अवार्ड प्रदान गरिएको थियो ।

केही विजनेस हाउसका व्यक्तित्वहरूलाई समेत अवार्ड प्रदान गरिएको समारोहमा बलिउड र नेपाली गरेर तीन दर्जन जति कलाकर्मीलाई अवार्ड प्रदान गरिएको थियो ।

सो अवसरमा बलिउड अभिनेत्री भाग्यश्रीले नेपाल सुन्दर देश रहेको र यहाँको आतिथ्यताले आफूलाई आकर्षित गरेको भन्दै फेरि अझ धेरै समय लिएर नेपाल घुम्न आउने चाह रहेको बताउनुभएको थियो । अब आफू बारम्बार नेपाल आउने बताउँदै नेपाल सुन्दर देश भएको र सुन्दरताका कारण विश्वमा चिनिएको धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो, ‘नेपालको सुन्दरता मैले थोरै मात्र अवलोकन गर्न पाएको छु, म पूरै परिवार लिएर आउन चाहन्छु ।’ उहाँले अब नेपाल आउने जाने क्रम बारम्बार चलिरहनेसमेत जानकारी गराउनुभयो ।

भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ नेपालमा आयोजना हुनाले दुई देशको कलासंस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । अवार्ड कार्यक्रममा सहभागी भारतीय कलाकारले आइतबार पशुपतिनाथको दर्शनसमेत गरेका थिए ।

नेपाल र भारतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा भारतीय कलाकारले हास्यवग्य प्रस्तुति र गीत प्रस्तुत गरेका थिए । कमेडियन भिआपी कमेडियनको कमेडी प्रस्तुतिले दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको स्वागत नृत्यको रूपमा नेपालको कौडा नृत्य प्रस्तुत गरिएको थियो । तस्वीर : सुरेन्द्र थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?