‘परस्त्री’को हिन्दी डब गीत ‘होना था जो होने लगा’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘परस्त्री’को हिन्दी डब गीत ‘होना था जो होने लगा’ सार्वजनिक भएको छ । आगामी असार १५ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्रको हिन्दी डब गीत सार्वजनिक भएको हो । चलचित्रको हिन्दी गीतमा अमित मिश्र र सोनल प्रधानले स्वर दिनुभएको छ । केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द रचना विनित त्रिपाठीले गर्नुभएको हो ।

चलचित्रका दुई मुख्य कलाकार शिल्पा मास्के र गौरव विष्टलाई गीतको भिडियोमा फिचरिङ गरिएको छ । नेपाली र हिन्दीमा सिनेमाघरमा आउने भनिएको यो चलचित्रको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी हेर्न सकिन्छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको चलचित्रको छायांकन निरज कँडेलले गर्नुभएको हो ।

ADVERTISEMENT

सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रमा शिल्पा र गौरवका अलवा कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ । डीएस डिजिटलको व्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के.खनालले निर्माणमा सहकार्य गर्नुभएको छ । खनाल चलचित्रका लेखकसमेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *