भद्रकाली र साइपालको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । भद्रकाली र साइपाल एकेडेमीले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र बुढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३-३७ ले पराजित गर्‍यो । भद्रकालीको जितमा प्रतीक राईले २० अंकको योगदान गर्नुभयो । आयुश खड्काको नौ अंकको सहयोगमा साइपालले बिएमसिए ‘ए’ लाई २९-२० ले हरायो ।

सिनियर ब्वाइजमै सेन्ट जोसेफले एचएचसिएलाई ५२–४९ तथा बुढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२-२५ ले पाखा लगायो । सेन्ट जोसेफका निकेश तामाङले २५ तथा बुढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गर्नुभयो ।

ADVERTISEMENT

सिनियर गल्र्समा एचएचसिएले साइपाललाई ३१-२३ तथा ग्रिनल्याण्डले सेन्ट जेभियर्सलाई २१–१७ ले पन्छायो । एचएचसिएकी प्रमिला लामा तथा ग्रिनल्याण्डकी श्रृषा गुरुङले समान ६-६ स्कोर गर्नुभयो ।

जुनियर ब्वाइजमा स्किब्सले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २३–२०, हिमालयन किङडमले बिएमसिएलाई ३०-२१ र एन्जल्स हार्टले ग्रिनल्याण्डलाई २५-२० ले पराजित गर्‍यो । स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङ्डमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अंक्स घलेले ६ अंक जोड्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?