मदन राई धरौटीमा रिहा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्।

सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)' का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो।

यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो।

ADVERTISEMENT

नेपालको संविधानको धारा, ३९ को उपधार ९६०मा कुनै पनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले मानसिक, शारीरिक तथा यौन शोषण गर्न निषेध गरेको छ । बालबालिकामाथि कुनै पनि शोषण भएको ठहरेमा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम तीन वर्षसम्म कैद र रु ७५ हजारसम्म जरिवाना तोकिएको छ ।

यो पनि पढ्नुहोस्  यौन दुर्व्यवहार आरोपी कृषिविज्ञ मदन राईविरुद्ध तीन/चार ठाउँबाट उजुरी

यौन दुर्व्यवहार आरोपमा मदन राई पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?