चन्द्रनगरमा आज पनि विद्यार्थीको प्रदर्शन

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालय अगाडि आज दोस्रो दिन पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) का विद्यार्थीले प्रदर्शन गरेका छन् ।

दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा सीटीईभिटी पढिरहेका विद्यार्थीले शिक्षक अभावमा पढन नपाएको भन्दै गाउँपालिका कार्यालय अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । आगामी भदौदेखि परीक्षा नै संचालन हुने भएपनि अहिलेसम्म शिक्षक अभावले पढ्न नपाएको विद्यार्थी शिव साहीले गुनासो गर्नुभयो । यहाँ स्थानीयसहित देशभरका विद्यार्थी आएर पढ्ने गरेका छन् । उनीहरुले शिक्षकको माग गर्दै हिजो पनि गाउँपालिका कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका थिए । त्यसक्रममा ढुंगामुढा हुँदा गाउँपालिकाको कार्यालय र एक्साभेटरमा क्षति समेत पुगेको थियो ।

ADVERTISEMENT

गाउँपालिका कार्यालयले शिक्षक नै नपाएकाले समस्या भएको जनाएको छ । गाउँपालिकाभित्रका विद्यालयमा गाउँपालिकाबाट स्वयंसेवक शिक्षक समेत राख्ने प्रयास भइरहेकोमा बहुमत कार्यपालिका सदस्यबीच भागबण्डामा कुरा मिल्न नसक्दा झनै समस्या भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज