रवि लामिछानेको प्रश्न : सरकार र प्रधानमन्त्रीकै कारण नागरिकता विधेयक अदालत पुर्‍याउने अनि दोष अरुलाई दिने ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण नागरिकता विधेयक अदालत पुगेको बताउनु भएको छ।

सोमबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले गैरकानुनी ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरिएर पीडितलाई अझ पीडा दिनेकाम सरकारले गरेको आरोप लगाउनु भयो ।

लामिछानेले भन्नुभयो,‘प्रधानमन्त्री प्रचण्डले संसद्को अधिकार छल्नु मात्रै भएको छैन । संसद्मा अहिले आएको भए नागरिकता लिदा महिलामाथि भएको विभेदबारे बोल्न चाहन्थ्यौं । यो दोष प्रधानमन्त्रीले लिनुपर्छ । प्रधानमन्त्रीका कारण नागरिकता विधेयक अदालत पुग्यो ।’

राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको छ।

ADVERTISEMENT

सर्वोच्चले मुद्दामाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै प्रमाणीकरण विधेयक तत्काल ऐनका रुपमा लागू नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

साथै सभापति लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी समेत दिनुभएको छ । रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि मच्चिएको होहल्लापछि आफ्नो कुरा राख्दै उहाँले यस्तो चेतावनी दिनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?