‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसार एवम् पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ गरेको छ ।

आइतबार रेसुंगा नगरपालिकाको सभाहलमा सो अभियानको नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गर्नुभयो ।

अभियानको शुभारम्भ गर्नुहँदै नगरप्रमुख पन्थीले गुल्मीको विकासका लागि महत्वपूर्ण इटा थपिएको बताउनुभयो । रेसुंगाको धार्मिक पर्यटनलाई सहयोग पु¥याउन यो अभियानले महत्वपूर्ण योगदान पुर्याउने उहाँले उल्लेख गर्नुभयो । पर्यटनबाट समुन्नतिको आधार तय गर्न सकिने भन्दै उहाँले प्रचुर संम्भावना हुँदा–हुँदै पनि पछि परेको रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महत्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।

‘तीव्र बसाइसराइका कारण वस्ति खालि हुँदै छन् । जिल्लामा रहेका ऐतिहासिक स्थलहरुको प्रचारप्रसार गरि आर्थिक अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुपर्छ । बसाइसराईलाई रोक्ने हाम्रो ध्यय पनि हो ।’ अभियानका माध्यमबाट ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार भई पर्यटकहरुको आगमनले रोजगारीको सिर्जना हुने उल्लेख गर्दै स्थानीय पुजी निर्माण हुने बताउनुभयो ।

यहाँ रहेका तम्घासस्थान मन्दिर, गर्जुरा पार्क, रेसुंगा महापोखरी, यज्ञशाला, सिद्धबाबा, सानो रेसुंगा, इस्मा दरबार, कंके देउराली, भुवाने पार्क, विचित्र गुफा, गौशाला, रिडिधाम, मुसिकोट दरबार, गुल्मी दरबार, सरायँ नाँच लगायतका क्षेत्रहरुको प्रवद्र्धन गरिने बताउनुभएको थियो ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा एक लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षमा लगानी सम्मेलन तथा पर्यटकी गतिविधि सञ्चालन गर्ने उद्देश्यले भ्रमण वर्षको रुपमा मनाउने समेत बताउनुभयो । स्थानीय परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले खाना महोत्सव समेत गरिने उहाँको भनाइ छ ।

ADVERTISEMENT

त्यस अवसरमा पर्यटन व्यवसायी सुर्दशन खनालले सरकारको साथ नभए व्यवसायीले लगानी नगर्ने बताउनुभयो । नीजि क्षेत्रसँग समन्वय गरि अगाडि बढ्ने आग्रह गर्दै खनालले जिल्लामा रहेका पर्यटनको संम्भावना र सर्किटको विषयमा जानकारी गराउनुभयो ।

‘सालझण्डी–तम्घास सडक निमार्ण भएपछि यहाँको पर्यटन क्षेत्र माथि उठ्छ ।’ उहाँले भन्नुभयो, ‘निजामति सेवामा यस जिल्लाका धेरै सेवारत हुनुहुन्छ । निजामती क्षेत्रलाई प्रयोग गरि लाभ लिन सक्ने अवस्था छ ।’ नगरपालिकाले सबै पक्षसँगको समन्वयमा आफ्ना गतविधिहरुलाई सञ्चालन गरेको भन्दै व्यवसायीहरु पनि उत्साहित भएको उहाँले बताउनुभयो ।

त्यस्तै, रेसुंगा सरंक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले हालै मात्रै रेसुंगा र अयोध्याबीचको सम्बन्धलाई पुर्नताजगी गर्न धार्मिक महायज्ञ सम्पन्न गरिएको बताउनुभयो । नगरपालिकाले सञ्चालन गरेको यो अभियानले थप रेसुंगामा धार्मिक पर्यटनको विस्तार र विकासका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले नगरपालिकाले सञ्चालन गरेको अभियानबाट रेसुंगामा पर्यटनहरुको उपस्थिति बढ्दै जाने बताउनुभयो । सोही अवसरमा अभियानको लोगो अंकित टि–सर्ट सार्वजनिक गरिएको थियो ।

नगरपालिकाको सभाहलमा विभिन्न राजनैतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, साहित्यकार, पत्रकार जनप्रतिनिधिहरुको बाक्लो उपस्थितिमा औपचारिक कार्यक्रमबीच अभियानको शुभारम्भ गरि रेसुंगाको महापोखरीमा पुगिएको थियो । त्यहाँ सञ्चालित पौवा होटलले खाजाको व्यवस्थापन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज