भोजपुर । आर्थिक बर्ष २०८०/०८१ का सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको बजेट भाषणमा पहाडी जिल्ला भोजपुरका स्थानीय तहहरुलाई कुल तीन अर्व २२ करोड १३ लाख रुपैया बिनियोजन भएको छ ।
भोजपुरमा रहेका २ नगरपालिका र ७ गाउँपालिकाका लागि बजेट बिनियोजन भएको हो । गत आर्थिक बर्ष २०७९/०८० का लागि अर्थमन्त्री जर्नादन शर्माले ल्याएको बजेट भाषणमा भोजपुरले ३ अर्व १५ करोड ८९ लाख पाएको थियो । गत बर्षको तुलनामा अहिलेको बजेट बढी छ ।
आगामी आर्थिक बर्षको बजेटका लागि सवैभन्दा बढी षडानन्द नगरपालिकाले ५२ करोड ८४ लाख पाएको छ । यस नगरपालिका भित्र १४ वटा वडाहरु रहेका छन । सवैभन्दा कम जिल्लाको उत्तर साल्पासिलिछो गाउँपालिकाले २७ करोड ६१ लाख पाएको छ । जहाँ ६ वटा वडाहरु मात्र छन ।
यता १२ वटा वडाहरु रहेको भोजपुर नगरपालिले ४४ करोड ६० लाख बजेट पाएको छ । जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकाले ३९ करोड ९० लाख, आमचोक गाउँपालिकाले ३२ करोड ९२ लाख, पूर्वी अरुण गाउँपालिकाले ३२ करोड ७३ लाख, रामप्रसाद राई गाउँपालिकाले ३२ करोड ६५ लाख, दक्षिण हतुवागढी गाउँपालिकाले ३० करोड ८७ लाख र पूर्वको पौवादुङमा गाउँपालिकाले २८ करोड एक लाख बजेट पाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts