भोजपुर अस्पतालसहितका स्वास्थ्य संस्थालाई चालिस लाख बराबरको सामाग्री हस्तान्तरण

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला अस्पताल भोजपुरका साथै अन्य चार स्वास्थ्य संस्थालाई ४० लाख बरावरको उपकरण सहितका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस भोजपुरका जिल्ला सचिव डा.चक्रबहादुर कार्कीको पहलमा आएका ती सामाग्रीहरु जिल्ला अस्पताल सहित अन्य स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको हो । दातृ राष्ट्रबाट स्वास्थ्य मन्त्रालयलाई प्राप्त ती स्वास्थ्य उपकरण सहितका सामाग्रीहरु आफनो पहलमा भोजपुरमा ल्याएको कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “दुर्गम जिल्लाका स्वास्थ्य संस्थाहरुमा देखिने समस्याहरु निराकरण गरी नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मैले पहल गरेको हु ।” कार्कीका अनुसार स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईएको सामाग्रीहरुमा अक्सिजन कन्सनट्रेटर, माक्स, गाउन सेट, पल्स अक्सोमिटर, सिटामोल लगायतका रहेका छन ।

जिल्ला अस्पताल, भोजपुर नगरपालिका वडा नम्वर ३, गुप्तेश्वर, वडा नम्वर ८, वडा नम्वर १० र वडा नम्वर १२ मा रहेका स्वास्थ्य संस्थाहरुलाई ती सामग्रीहरु हस्तान्तरण हुने कार्कीले जानकारी दिनुभयो । जिल्ला अस्पतालका लागि आएका सामाग्रीहरु अस्पताल बिकास समितिका अध्यक्ष कमल थुलुङ राई, भोजपुर नगरपालिका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको उपस्थितीमा कार्कीले जिल्ला अस्पतालमा कार्यरत डाक्टरलाई शनिवार हस्तान्तरण गर्नु भएको छ ।

जिल्ला अस्पतालमा देखिएका समस्याहरु समाधानमा यी सामाग्रीहरु महत्वपूर्ण हुने अस्पताल बिकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईले बताउनुभयो । सामाग्री बुझदै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले आएका सामाग्रीहरु नागरिकको स्वास्थ्य सेवामा प्रयोग गरिने बताउनुभयो । नागरिकको स्वास्थ्यका लागि यी सामाग्रीहरुले सहयोगी बनेको नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले बताउनुभयो ।

ADVERTISEMENT

जिल्ला अस्पतालका लागि २ थान अक्सिजन कन्सनट्रेटर, दुई हजार थान सर्जिकल मास्क, एक सय ५० थान गाउन, १० थान पल्स अक्सोमिटर हस्तान्तरण गरिएको छ । यस्तै भोजपुर नगरपालिका १२, टक्सारमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर दुई थान, गाउन सेट २० थान, सिटामोल पाँच सय थान, मास्क एक हजार थान लगायतका सामाग्री हस्तान्तरण भएको छ ।

भोजपुर नगरपालिका वडा नम्वर ८ मा रहेको स्वास्थ्य संस्थाका लागि १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, सिटामोल दुई हजार थान, गाउन २० थान हस्तान्तरण गरिने छ भने वडा १० मा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, मास्क एक हजार थान, सिटामोल पाँच हजार थान लगायतका सामाग्री हस्तान्तरण हुने छ । भोजपुर नगरपालिका वडा नम्वर ३, गुप्तेश्वरमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, पल्स अक्सोमिटर २ थान, फेटोस्कोप एक थान लगायतका सामाग्री हस्तान्तरण हुने पहल कर्ता नेपाली कांग्रेसका जिल्ला सचिव डा. कार्कीले जानकारी दिनुभयो ।

अन्य स्वास्थ्य संस्थाहरुका लागि पनि सामाग्री ल्याउन पहल भई रहेको कार्कीले बताउनुभयो । “स्वास्थ्य मन्त्रालय सहित बिभिन्न निकायसँगको समन्वयमा अहिलेका सामाग्रीहरु आएका हुन, अन्यका लागि पनि मेरो पहल निरन्तर हुनेछ ।” कार्कीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज