चेपाङटारीका २१ पहिरो पीडितले सहायक प्रजिअलाई बुझाए ज्ञापन पत्र

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामबास चेपाङटारीका २१ पहिरो पीडितले धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

पहिरो पीडितले राहत तथा राज्यको तर्फबाट क्षतिपूर्ति नपाएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारीलाई उचित क्षतिपूर्तीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

२०७५ सालदेखि उक्त बस्तीमा बाढी पहिरोले गाउँ नै उच्च जोखिममा पारेको थियो । जमिन सबै भाँसिर चिरा चिरा भएको स्थानीयहरुको भनाइ छ । यस्तै २०७६ साउनमा परेको अविरल वर्षका कारण २१ घर परिवारका ९२ जना पहिरो क्षेत्रबाट विस्थापित भै नजिकै छिमेकीको घरमा बस्न बाध्य भएको पहिरोबाट विस्थापित वीरबहादुर लामाले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको समयमा नेताहरु गाउँ गाउँमा पुगेर जनाताको समस्या समाधान गर्ने वचन दिए पनि अहिले फर्केरै गाउँमा नगएको लामाको भनाई छ । उक्त क्षेत्रमा विशेष गरी अहिले महिला तथा बालबालिकाहरु बास स्थान र खानपानका कारण निकै समस्यामा परेका छन् ।

ADVERTISEMENT

दैनिक ज्यालादारीमा निर्वाह गर्ने मानिसहरु विस्थापित भएपछि यस्तो समस्या उत्पन्न भएको हो । अहिले उक्त विस्थापित वस्तीका मानिसहरु टेन्ट टाँगर बसिरहेका छन् । विस्थापित भएका कारण आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था खलबलिएको छ । आफ्नो जग्गा जमिनबाट उत्पादन भएका खाद्यन्नले एक महिना पनि खान मुस्किल रहेको छ ।

स्थानीय सरकारमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरु समेत बस्तीमा भोट खाए तर आफूहरुको माग पुरा गर्छ भनेर पनि नगरेपछि गाउँबासी नै आकोसित भएका छन् ।

१० महिना अधि गजुरी गाउँपालिकामा पीडित परिवार, प्रदेश सरकार समेतको सहभागितामा बैठक बसेको थियो । गाउँपालिकाले जग्गा व्यवस्था गर्ने प्रदेश सरकारले जग्गा व्यवस्था गरेको पत्र मुख्यमन्त्री कार्यालयमा पठाएको १५ दिन भित्र आवास निर्माण गर्न बजेट उपलब्ध गराउने सहमति भएको थियो ।

हालसम्म पनि काम नभएको र वर्षा लाग्न थालेपछि पीडितहरू मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई बस्ती स्थानान्तरण गर्न दौडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज