आहार नै ‘औषधि’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । हामी के खान्छौँ भन्दा पनि महत्वपूर्ण अर्को प्रश्न छ, ‘हामी कसरी खान्छौँ ?’ स्वस्थ रहन आहार पौष्टिक हुनुपर्ने कुरामात्र सबै होइन, तरिकापूर्वक त्यसलाई खान जान्नु पनि पर्दछ । उपनिषद्मा भनिएको छ, ‘आहार स्वास्थ्यका लागि त्यो हितकर वस्तु हो जसलाई खान जानेमा उत्तम स्वास्थ्य र आत्मानन्द प्रदान गर्छ, परन्तु यदि खान जानेन भने त्यही अहितकर बनी नाना प्रकारका रोग पैदा गराई स्वयं खानेवालालाई नै खाइदिन्छ ।’ यसरी जुन उचित सेवनबाट स्वास्थ्य लाभ गराउने आहार हो, त्यसैको अनुचित सेवनले नोक्सानी पनि हुन्छ । आहार सम्बन्धमा यो बिर्सन नहुने अति महत्वपूर्ण यथार्थ हो ।

हाम्रा प्राचीन ऋषिमुनिहरूले मानव शरीरका लागि विधिपूर्वक गरिने आहार नै ‘औषधि’ र जुन ‘औषधि’ हुन्छ त्यो नै आहार हो भनी आहार र औषधिलाई एउटै पर्यायमा लिएका छन् । सही आहारको सही र विधिपूर्वक गरिएको सेवनले औषधिको कार्य गर्दछ । त्यसैले नियमित प्राकृतिक भोजनमा रहने व्यक्तिलाई हतपती कुनै रोग लाग्न सक्दैन । अंग्रेजीमा एक भनाइ छ, 'Diet cures more than doctors. Wisdom pures more than waters .' अर्थात् ‘डाक्टरभन्दा रोग दमन गर्न आहार बढी प्रभावकारी हुन्छ ।

स्पष्ट छ कि जीवनमा आहार अपरिहार्य छ । बिनाआहार बाँच्न कठिन छ । प्राणीलाई आहारको आवश्यकता उसको गर्भ प्रवेशकालदेखि नै परेको हुन्छ । शरीरका समस्त क्रियाकलाप आहारबाटै सञ्चालित छन् । हामी जे खान्छौँ, त्यसको एक रसायन बन्छ जो हाम्रो जीवनको प्राण–ऊर्जा बनेर सारा शरीर-तन्त्रको सञ्चालन गर्दछ । त्यसलै आहार हाम्रो जीवन हो । प्राणदाता, जीवनदाता भएकाले वेदले पनि अन्न ब्रहृमसमान छ भनेको छ- अन्नं ब्र्रहृम ।

ADVERTISEMENT

पानीभन्दा बुद्धि बढी प्रभावकारी हुन्छ ।’ रोगको चिकित्सा गर्न औषधि प्रयोग गर्ने विधिभन्दा आहार र त्यसको पाक वा सेवन विधितिर ध्यान बढी जानु जरुरी छ । यसरी किटानका साथ भन्न सकिन्छ कि केवल आहार सुधारबाट मात्र पनि हाम्रा अनेक रोगहरू निर्मूल हुन सक्दछन् । हाम्रो शास्त्रको घोषणा छ, ‘उचित आहार उचित नियमसाथ ग्रहण गर्ने मानिसका लागि वैद्य (डाक्टर) चाहिँदैन, ऊ आफ्नो चिकित्सा आफैं गर्न सक्दछ ।’

भोजन गर्ने सम्बन्धमा शास्त्रमा केही विधानहरू छन् । तिनको ज्ञान गरेर राम्ररी पालन गरेर जोकोही पनि आहारबाट अत्यधिक लाभान्वित हुन सक्दछन् । तसर्थ, आहारका नियमहरूलाई आफ्नो विवेक-बुद्धिको प्रयोग गरी आफ्नो दैनिक जीवनमा अपनाएर रोग तथा दुःखबाट छुट्कारा पाउन सकिन्छ । यिनको पूरा पालना गरी स्वस्थ, सुखी र दीर्घायु जीवन जिउन प्रयत्नशील रहनु प्रत्येक मानवको कर्तव्य हो ।

स्पष्ट छ कि जीवनमा आहार अपरिहार्य छ । बिनाआहार बाँच्न कठिन छ । प्राणीलाई आहारको आवश्यकता उसको गर्भ प्रवेशकालदेखि नै परेको हुन्छ । शरीरका समस्त क्रियाकलाप आहारबाटै सञ्चालित छन् । हामी जे खान्छौँ, त्यसको एक रसायन बन्छ जो हाम्रो जीवनको प्राण-ऊर्जा बनेर सारा शरीर-तन्त्रको सञ्चालन गर्दछ । त्यसलै आहार हाम्रो जीवन (Life) हो । प्राणदाता, जीवनदाता भएकाले वेदले पनि अन्न ब्रहृमसमान छ भनेको छ-अन्नं ब्र्रहृम । जसरी प्रकृतिका सत, रज र तम गरी तीन गुणहरू छन्, त्यसरी नै आहार पनि तीन प्रकारका छन्, १) सात्विक आहार २) राजसिक आहार र ३) तामसिक आहार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?