राजविराज । सप्तरी सदरमुकाम राजविराज स्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत एक विद्यार्थीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको राजगढ गाउँपालिका-१ झुटकीका लक्ष्मण प्रसाद यादवका १५ वर्षीय छोरा कक्षा १० मा अध्ययनरत पेसला नन्दको करेन्ट लागेर मृत्यु भएको हो ।
बोर्डिङ स्कुलमा नियमित रूपमा शुक्रबार आयोजना हुने खेलकुद प्रतियोगिताका लागि विद्युतीय उपकरण बजाउन विद्युत जडान गर्ने क्रममा विद्युतको पोलमा हुकिङ नगाउँदा उनलाई ११ हजार भोल्टको करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पश्चात चिकित्सकले मृत घोषणा गरेका थिए ।
सप्तरी प्रहरीले करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको विषयमा ‘घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts