भोजपुर । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितको टोलीले दिङलाका पसलहरुको अनुगमन गरेको छ ।
भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङला बजारमा रहेका पसलहरुको प्रजिअसहितको टोलीले अनुगमन गर्दे म्याद सकिएका सामाग्रीहरु बरामद गरेको हो ।
प्रमुख जिल्ला अधिकारी घिमिर, भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्री, इलाका प्रशासन दिङलाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार भण्डारी, नगरपालिकाका प्रतिनिधी, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधी सहितको टोलीले दिङला क्षेत्रका १० वटा पसलहरुको अनुगनम गरेको छ ।
खाद्य तथा किराना पसलहरुमा गरिएको अनुगमनका क्रममा १५ हजार बरावरको म्याद सकिएका सामाग्रीहरु बरामत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै खुलारुपमा बिक्रीका लागि राखिएको २७ बोतल पेट्रोल, डिजेल पनि जफत भएको छ । अनुगमनमा लामो समय देखि म्याद गुज्रिएका सामाग्रीहरु समेत बिक्रीका लगि राखिएको पाइएको अनुगमन टोलीले जनाएको छ ।
आगामी दिनहरुमा हुने बजार अनुगमनकाक्रममा पनि म्याद सकिएका सामाग्रीहरुको बिक्री बितरण भएको पाईएमा जरिवानासहित कारवाही गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच