म्याग्दीमा बालिका बलात्कारका घटना बढे

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाकी १५ बर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै चार महिनापछि सार्वजनिक भयो ।

बालिकाले अचानक पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकीमा लगेपछि बालिका गर्भवती भएको थाहा पाएलगत्तै प्रहरीलाई खवर गरिएको थियो ।

बालिकालाई ललाइफकाई बलात्कार गरेका २० बर्षीय आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही गाउँपालिकामा अर्की १३ बर्षीया बालिकालाई ४५ बर्षीय एक पुरुषले बलात्कार गरे । घटना बालिकाको पेटमा गर्भ रहेको प्रमाणित भएपछि मात्रै सार्वजनिक भयो ।

धवलागिरी गाउँपालिकामा १३ बर्षीया एक बालिकालाई ३१ बर्षका पुरुषले घरमा कोही नभएको मौका छोपी बलात्कार गरे। आर्थिक अवस्था कमजोर, बालिकाका आमाबुबा मजदुरी गर्न गएको मौका छोपी जवरजस्ती गरेका पुरुष अहिले प्रहरी हिरासतमा छन् ।

माथिका तीनवटै बलात्कारका घटना घटेको करिब चारपाँच महिनापछि गर्भ बसेको जानकारीपछि मात्रै घटना सार्वजनिक भएको थियो । केही स्थानीयले गाउँमै मुद्दा मिलाउन दबाब दिएकै कारण पीडितले जाहेरी दिन सकेका थिएनन् ।

बुबा–आमा खेतमा गएको मौका छोपी विभिन्न बाहनाका साथै डर, त्रास, धम्की र प्रभाव देखाएर कुदृष्टि लगाउने यौन पिपासुको यौनजन्य क्रियाकलापले कलिला कोपिला नै असुरक्षित भएका छन् ।

ADVERTISEMENT

‘मानवता हराएको घटनाका बारेका बालिकाको परिचय नखुल्ने गरी अनुसन्धान गरिरहेका छांै, ‘गर्भपतन गराएर बालिकालाई पूर्णरूपमा काउन्सिलिङ गरिएको छ,’ कलिला कोपिालमाथि झम्टिएको हृदयविदारक दृष्यबाट स्तब्ध छौ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँबरले बताउनुभयो ।

कलिला बालबालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने, प्रतिकार गर्न नसक्ने तथा यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले जबरजस्तीको घटना घट्ने गरेको प्रनाउ कुँवरले बताउनुभयो ।

आपराधिक मानसिकता भएका व्यक्तिलाई निरुत्साहित गर्नका लागि जनचेतनामुलक अभियानसँगै अभिभावकले समेत निगरानी र सर्तकता अपनाउनुपर्ने बताउनुभयो । बालिकालाई स्वभाविक रूपमा सामान्य हिसाबले पनि फकाउन सजिलो हुन्छ ।

कुनै आश्वासन दियो भने सजिलै फकाउन सकिन्छ भएकाले बलात्कारको सिकार हुने गरेको प्रनाउ कुँवरको भनाइ छ । विद्यालयस्तरमा सचेतनामुलक अभियान र बालिकालाई आत्मरक्षा तालिम र बलात्कार जस्तो जघन्य अपराधको प्रयास भएमा तत्कालै सहयोग माग्नेलगायत विभिन्न जानकारी बालिकालाई बुझाउन सकेमा घटना न्यूनिकरणमा सहज हुने प्रहरीको भनाइ छ ।

अर्कोतर्फ पीडकले अपराध सामान्य, यो केही होइन् भोलि जेल जानुपर्छ, समाजले हेला गर्छन् भन्ने जस्तो नसोच्ने हुँदा उनीहरू अपराधमा संलग्न हुने गरेको पाइएको छ । एक चोटी अपराधमा संलग्न भएकाहरू फेरि पनि अन्य अपराधका घटनामा संलग्न हुने खतरा भएका कारण आपराधिक सोच भएका मानिसलाई समयमै परामर्श आवश्यक हुने बेनी अस्पतालका मेडिकल अफिसर डा. गोविन्द पोख्रेलले बताउनुभयो ।

उहाँले प्रजनन अंग विकास नहुँदै यौन सम्पर्क कायम गरिँदा दीर्घकालसम्म समस्या देखिन सक्ने भएकाले कुनै समस्या भएमा तत्काल स्वास्थ्य केन्द्रमा उपचारका लागि जानुपर्ने बताउनुभयो । आफन्त र चिनेजानेकाबाट हुने करणी तथा करणीमा संलग्नलाई हुने कारवाहीका बारेमा समेत प्रचारप्रसार भएमा न्यूनिकरणमा सहज हुने जानकारहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज