भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गर्नुभएकाे छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उहाँले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।

ADVERTISEMENT

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उहाँको भनाइ छ ।

यदी भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै उहाँले सदन पनि चल्न नदिने चेतावनी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?