‘गोर्खा वारियर’को प्रिमियर ‘आइम्याक्स सिनेवर्ल्ड’ मा हुँदै

Read Time = 6 mins

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लण्डनको ‘आइम्याक्स सिनेवर्ल्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो ।

यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आइतबार गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । यो प्रिमियरमा दुई हजार दर्शकलाई चलचित्र ‘गोर्खा वारियर’ देखाईने यस चलचित्रका निर्माता एवं निर्देशक मिलन चाम्सले जानकारी गराउनुभयो ।

काठमाडौंमा मंगलबार पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक मिलन चाम्सले भन्नुभयो, ‘नेपाली चलचित्रलाई विश्वव्यापी बजारमा पुर्‍याउने नेपालीहरूले देखेको सपनालाई चलचित्र ‘गोर्खा वारियर’मार्फत अब साकार पारिने भएको छ । नेपालीहरू शाहसीको रूपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको बीरगाथामा यो चलचित्र आधारित छ ।’

यसरी लिसेस्ट स्क्वायर लण्डनको ‘आइम्याक्स सिनेवर्ल्ड’मा गरिने चलचित्र ‘गोर्खा वारियर’को यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरू, हलिउडकै चलचित्र डिस्ट्रिब्युटरसँगै बेलायतका राजपरिवार, सांसदहरू, स्थानीय निकाय प्रमुखहरू, बेलायती सैनिकका जनरल, ब्रिटिश गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसर, बेलायतमा रहेको नेपाली राजदूतावास, काउन्सिलका पदाधिकारीहरू, विभिन्न सरकारी र गैरसरकारी संघसंस्था एवं निकायका उच्च ओहदाका व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ । यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिएको जानकारी गराउँदछौं ।

सो पत्रकार सम्मेलनमा बोल्दै कलाकार विजय लामाले आफूले अहिलेसम्म काम गरेको चलचित्रमध्ये गोर्खा वारियर सबैभन्दा ठूलो महŒवको चलचित्र भएको बताउनुभयो । सन् १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । चलचित्र गोर्खा वारीयर नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा सार्वजनिक हुँदैछ । यो चलचित्रलाई हलिउडको बितरक कम्पनीले विश्वव्यापी वितरण गर्दै छ । यसको हिन्दी र अंग्रेजी संस्करण पनि अन्तिम तयारी अवस्थामा छ ।

ADVERTISEMENT

चलचित्र ‘गोर्खा वारियर’को पोष्ट प्रोडक्सनको कार्य यतिबेला भारतको मुम्बई र बेलायतको लण्डन स्थित स्टुडियोमा भइरहेको छ । यो चलचित्रलाई हलिउड स्तरको बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । यसअघि टिजर रिलिजपछि राम्रो हाइप बनाएको चलचित्रलाई अब लण्डनबाट गरिने प्रिमियरले विश्वव्यापी चिनाउने उहाँले बताउनुभयो ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गर्नुभएको छ । रितेशसँगै ‘गोर्खा वारियर’मा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत विभिन्न कलाकारको अभिनय छ ।

‘गोर्खा वारियर’मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई हुनुहुन्छ । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?