रेसुंगाका जनप्रतिनिधिको एक वर्षे उपलब्धि सार्वजनिक

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । स्थानीय तहको दोश्रो निर्वाचनपछि निर्वाचित जनप्रतिधिहरुको एक वर्ष बितिसकेको छ । २०७९ बैशाख ३१ गते स्थानीय तहको दोश्रो निर्वाचन भएको थियो । निर्वाचनमा विजयी प्राप्त भएपछि २०७९ जेठ ६ गते रेसुंगा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिरुले पदभार ग्रहण गर्नुभएको थियो ।

एक वर्ष पुरा भएको अवसरमा नगरप्रमुख पन्थीले पत्रकार सम्मेलनको आयोजना गरि भ्रष्टाचार विरुद्धको शून्य सहनशिलताको नीति अबलम्बन गर्दै नागरिकमैत्री सेवाको रुपमा ‘समुन्नत रेसुंगा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मुख्य नारा तय गरि रेसुंगा नगरपालिकामा प्रशासनिक तथा विकासात्मक गतिविधिहरु सञ्चालन गरिएको बताउनुभयो ।

सडक बालबालिकाहरुको व्यवस्थापन, रेसुंगा नगरपालिकाको विकट वडाको रुपमा रहेको १४ नम्बर वडाको रातामाटामा वडाको सम्पर्क कार्यालय स्थापना गरि सेवा प्रवाह, आवाधिक योजना निर्माण गरि त्यसको जगमा बसेर योजनाहरुलाई अगाडी बढाएको नगरप्रमुख पन्थीले बताउनुभयो । जिल्लामै पहिलो पटक मृगौला डायलिसिस उपकरण गुल्मी अस्पताललाई हस्तान्तरण गरि सेवा प्रारम्भको तयारीमा रहेको, रेसुंगा नगरपालिकाको सहयोगमा सोही अस्पतालमा बिशेषज्ञ सेवा सुरु गरिएको, गर्भवती पोषण प्याकेज र एकतर्फी निःशुल्क एम्बुलेन्स सेवा प्रदान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

एसइईमा ३।२ वा सो भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुलाई अध्ययन प्रोत्साहन स्वरुप मासिक चार हजार रुपियाँ छात्रवृत्ति प्रदान गरिएको, लोकसेवा कक्षा सञ्चालन, रेसुङ्गा बहुमुखी क्याम्पसको आर्थिक संकटलाई मध्यनजर गरि एक करोड रुपियाँ आर्थिक सहयोग प्रदान र १८ जना सडक बालबालिकाहरुलाई आचारण सुधार सिकाई शैक्षिक व्यावस्थापन गरिएको पन्थीको भनाइ छ ।

हाट(बजारको पुनःसञ्चालन, निःशुल्क कृत्रिम गर्भाधान र पशु विमाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । ‘फोहोरलाई मोहर बनाउने उद्देश्यले नगर क्षेत्र भित्रको फोहोरलाई फोहोर मैला व्यवस्थापन केन्द्र तथा उद्योग स्थापना गरि प्रशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।’ पन्थीले भन्नुभयो,(‘सालझण्डी सहायक राजमार्ग अन्तरगतको सिमिचौर खर्ज्याङ्ग सडकखण्ड अन्तरगतको करिब ३७ करोड बराबरको फाइल अगाडि बढाइएको छ ।’ पर्यटन क्षेत्रको प्रचार–प्रसारमा व्यापक लागेको बताइएको छ ।

खाम्सेपानी(नयाँगाउँ(नादी(सुर्यटारी हुदै प्युठान सडकको ४८ करोड भन्दा धेरैको सडककालोपत्रे गरिएको उहाँले बताउनुभयो । सदरमुकाम तम्घासमा कालोपत्रे शुरु, यस्तै मझेङ्ग खानेपानी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चिदिचौर व्यवस्थापनको कार्य भैरहेको छ । नगरपालिकाको सहयोगमा रेसुंगा विमानस्थलमा हवाई यातयातलाई सञ्चालन गरिएको लगायतका दजनौं कार्यहरु प्रस्तुत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज