प्रतिनिधिसभा: सुशासन कायम गर्न ध्यानाकर्षण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत जनजीवनका सरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ ।

सांसद्हरुले कपिलवस्तुका उखु किसानले अनुदान रकम नपाएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा नलिइएको, विदेशमा श्रमका लागि काम गर्न जाँदा मृत्युवरण भएका नेपालीको शव ल्याउन कठिनाइ हुने गरेको, जलवायु परिवर्तनको प्रभावबाट नेपालले पाउने क्षतिपूर्तिका लागि लविङ गर्न, किसानलाई मलको व्यवस्था गर्न, विद्यालय कर्मचारीलाई श्रम शोषण नगर्न, कक्षा १० को पाठ्यक्रमबाट डा सन्दुक रुइतको जीवनी हटाइएको, धनकुटामा पञ्चायतकालमा दमनमा संलग्नलाई प्रतिष्ठान बनाइ आर्थिक सहयोग गरिएकोलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

ADVERTISEMENT

शून्य समयमा सांसद् बुद्धिमान तामाङ, भगवती चौधरी, भानुभक्त जोशी, भीमप्रसाद आचार्य, मानबहादुर गुरुङ, मनिष झा, महिन्द्रकुमार राय, महेशकुमार बर्तौला, महेश बस्नेत, माधव सापकोटा, मानवीर राई, गुप्ताकुमारी यादव, मेनकाकुमारी पोखरेल, मैना कार्की, मङ्गलप्रसाद गुप्ता, मञ्जु शर्मा अन्सारी र योगेन्द्र मण्डलले आफ्ना भनाइ राख्नुभयो ।

यस्तै सांसद्हरु योगेशकुमार भट्टराई, रघुजी पन्त, रणकुमारी बलम्पाकी मगर, रञ्जुकुमारी झा, रमा कोइराला पौड्याल, राजु थापा, राजेन्द्रकुमार राई, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशङ्कर यादव, रामहरि खतिवडा, रुक्मिणी राणा बराइली, रुपा चौधरी, रेखा यादव, रोशन कार्की, लक्ष्मी तिवारी, लिलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल र रणेन्द्र बराइलीले शून्य समयमा भाग लिनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज