एउटै कार्यक्रममा ६ विजेता घोषित

Read Time = 4 mins

काठमाडौं । १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित गरिएको हो ।

एक समारोहबीच आयोजित प्रतियोगितामा ‘मिनि गर्ल’तर्फ एलभिरा महर्जन विजेता चुँनिदा प्रनवीश्री सिंह फष्ट रनरअप, मेलिसा मल्ल सेकेण्ड रनरअप, क्रिभा बज्राचार्य थर्ड रनरअप हुनुभयो । ‘मिनि ब्वाई’तर्फ ओजस राज श्रेष्ठले शीर्ष उपाधि हात पार्दा यही प्रतियोगितामा क्रमशः विभत्सु उपाध्याय, सक्क्षम थापा, जोसेफ पराजुली फष्ट रनरअप, सेकेण्ड रनरअप र थर्ड रनरअप हुनुभयो ।

त्यस्तै ‘लिटिल गर्ल’तर्फको उपाधि भने दर्शना संग्रौला हात पार्नुभयो । यही प्रतियोगितातर्फ आनिया शाक्य फष्ट रनरअप, समृद्धि केसी सेकेण्ड रनरअप, मानष्भी तुलाधर थर्ड रनरअप हुनुभयो । ‘लिटिल ब्वाई’तर्फ सम्यक श्रेष्ठ विजेता घोषित हुँदा आदित्य अधिकारी, विभूषण केसी, नयन बाँनिया क्रमशः फष्ट रनरअप, सेकेण्ड रनरअप र थर्ड रनरअप बन्न सफल हुनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा श्रीज्ञा महर्जनले ‘टिन गर्ल’को उपाधि प्राप्त गर्नुभयो भने यही प्रतियोगितामा युरेका रिजाल फष्ट रनरअप, जोरुफा फुयाल सेकेण्ड रनरअप हुनुभयो । ‘टिन ब्वाई’तर्फको उपाधि भने स्वरूप केसी हात पार्नुभयो । यही प्रतियोगितामा प्रत्युस ढकाल र आरोज्ञ गिरी क्रमशः फष्ट रनरअप, सेकेण्ड रनरअप बन्न सफल हुनुभयो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पूर्ण देवापाटे (प्रिन्सिपल हेड अफ एकडेमिक्स, माछापुन्छ«्र्र्रे आइबी वल्र्ड स्कुल), नेहरू जोशी (आइबिपीवाइपी कोअडिनेटर जिनियर्स आइबि वल्र्ड स्कुल), आकाश श्रेष्ठ (हेड अफ मार्केट्रिङ एण्ड कम्युनिकेसन युनिग्लोब स्कुल प्रोफेसनल एजुकेटर्स लिलिटेड), अमन हिटाङ (फाउण्डर प्रिन्सिपल संस्कार गुरुकुल), आशोक पाण्डे (प्रिसिन्सल अफ सेमरक निष्ट स्कुल) निर्णायक रहनुभएको थियो ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताउनुभयो । सात वर्षदेखि १५ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैंले गर्नुभएको थियो भने ड्रेस डिजाइन श्रीषा बैदारले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?