काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ । बैठकमा उराष्ट्रपतिको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने हुने बताइएको छ।
यस्तै चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।
उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदेखि ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान हुँदै छ।
उपराष्ट्रपति पदमा दशदलीय गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts