गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानद्वारा कलाकर्मी सम्मानित

Read Time = 4 mins

काठमाडौं । गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानद्वारा नेपालभाषा साहित्य संगीत र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने स्रष्टाहरूलाई पुरस्कारसहित सम्मान गरिएको छ । कामनपा-१३ का समाजसेवी दिलबहादुर मानन्धर तथा उहाँका पुत्रहरू गीतकार तथा प्राडा राजु मानन्धर, गायक सज्जु मानन्धर र प्रतिष्ठानाका संरक्षक राजेश मानन्धरद्वारा स्थापित उक्त प्रतिष्ठानको तर्फबाट पुरस्कार निर्णायार्थ एक परामर्श कमिटी बनाइ यो पुरस्कार वितरण गरिएको कुरा समारोहका सभापति प्रतिष्ठानका अध्यक्ष विजयकुमार मानन्धरले बताउनुभयो ।

गणेशदेवी मानन्धर समाजसेवी दिलबहादुर मानन्धरका धर्मपत्नी हुनुहुन्छ । उहाँको निधनको दोस्रो पुण्यतिथिको दिनमा उहाँको स्मृतिमा गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान पुरस्कार गठन गरिएको हो ।

स्मृति प्रतिष्ठान पुरस्कारको पहिलो वर्ष कलाकार, जनगायक भृगुराम श्रेष्ठ, नेपालभाषाका पहिलो सिने पत्रकार साहित्यकार विजयरत्न असंबरे तथा उदीयमान गायक सिद्धार्थ वज्राचार्यलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थियो । छ दशकदेखि संगीत तथा नाट्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आउनुभएका जनगायक भृगुराम श्रेष्ठलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

ADVERTISEMENT

काठमाडौंको मरु सतः काष्ठमण्डप नजिक रहेको भौक्यब्व स्थित मरु हिति बैंक्वेटमा भएको उक्त पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि शिक्षाविद तथा वरिष्ठ साहित्यकार हितकरवीर सिंह कंसाकारका साथै विशिष्ट अतिथि नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, बागमती प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्यलगायतद्वारा दोसल्ला ओढाइ सम्मान पत्र प्रदान सम्मान गरिएको थियो ।

समारोहमा जनगायक श्रेष्ठका गीतलाई अरू गायक गायिकाहरूले गाएर गायनको पनि सम्मान गरिएको थियो । प्रतिष्ठान पुरस्कार वितरणका लागि परामर्श समितिमा चलचित्र निर्देशक पवन जोशी, कलाकार नगिना जोशी, संगीतकार सुरेन्द्र श्रेष्ठ, गायिका निशा देशार ,दर्शनवीर शाक्य रहनुभएको थियो ।

गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानका संस्थापकमध्ये एक रहनुभएका डा.राजु मानन्धर अष्ट्रेलियामा अग्रेजी विषयमा शिक्षण पेशामा लागिरहनु भएका बौद्धिक व्यक्तित्व हुनुहुन्छ । ललितकला क्याम्पसका पूर्वप्रमुखसमेत रहनुभएका उहाँ अष्ट्रेलियामा पनि बिभिन्न संस्थाका सल्लाहकारका रूपमा कार्यरत रही सामुदायिक क्रियाकलापमा सक्रिय हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?