बर्फानी बाबा आश्रम सरसफाई महाअभियान सुरू

मन्दिरमा भारतको झण्डा हटाएर नेपालको झण्डा राखियाे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । राप्तीसोनारी गाउँपालिका ४ स्थित पहाडमा अवस्थित बर्फानी बाबा आश्रम सरसफाइ महाअभियान सुरु गरिएको छ । बर्फानी बाबा सरसफाइ ‘महाअभियान’ अन्तर्गत बृहद् सरसफाइ सुरु गरिएको छ । जिल्लामा रहेका विभिन्न धार्मिक स्थलहरुको सरसफाइ सुरु गरिएको महाअभियानका संयोजक हेमन्त चौधरीले बताउनुभयो ।

श्रद्धालुले जथाभावी फोहर फालेका कारण उक्त क्षेत्र दुर्गन्धित भएपछि पहिलो चरणमा सरसफाई गरिएको उहाँल बताउनुभयो । ‘फोहरले आश्रम क्षेत्र कुरुप बनेको छ । दुर्गन्धले भक्तजनलाई समेत सास्ती भएको छ,’ उहाँले भन्नुभयो ।

बर्फानी बाबा आश्रममा भारत र नेपालका विभिन्न ठाउँबाट श्रद्धालुहरु दर्शनका लागि पुग्ने गरेका छन् । उहाँले राप्तीसोनारी, नरैनापुर, कोहलपुर, नेपालगञ्ज लगायत क्षेत्रका पाँच सय बढी युवा सरसफाइ ‘महाअभियान’ मा सहभागी भएको बताउनुभयो । सरसफाइसँगै श्रमदान गरेर बाटोसमेत मर्मत गर्ने कार्यक्रम रहेको चौधरी बताउनुहुन्छ ।

ADVERTISEMENT

‘सबैले हातमा राष्ट्रिय झण्डा र कुटो कोदालो बोकेर आश्रममा गएका थिए, आश्रम क्षेत्रको सरसफाईसँगै बाटो मर्मत गर्ने कार्यक्रम गरिएको,’ पत्रकार महासंघ बाँकेका सहसचिव समेत रहेका चौधरीले भन्नुभयो, ‘आश्रममा पाँचसय यूवाले एक साथ झण्डासमेत गाडेका छन् ।’
यसअघि उहाँले आश्रममा शुद्ध पिउने पानीका लागि फिल्टरको ब्यवस्था गरिसकेका छन् । उहाँले आफै बोकेर पाँच सय लिटर क्षमताको फिल्टर त्यहाँ पुर्याएको बताउनुभयो । यसअघि उक्त मन्दिरमा भारतको झण्डा गाडिएको थियो । पालिकाको अगुवाईमा भारतको झण्डा हटाएर नेपालको झण्डा राखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?