अफ सिजनमा धार्मिकस्थल पाँच पोखरी(फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

सिन्धुपाल्चोक । चार हजार दुई सय मिटरको उचाईमा रहेको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरी पुग्दा यो दृश्य देखेपछि जोकोही रमाउँदै भन्छन्,‘ स्वर्ग छ भने यही नै हो । पाँच पोखरी गाउँपालिका-३ भोताङको छिम्ती गाउँ बजारबाट झण्डै दुई दिनको पैदल यात्रा पछि पाँच पोखरीको दृश्यले पूरा भुलाइदिन्छ । भिर काट्दै बनाइएको ‘एडभेन्चर’ (२२किलोमिटर) पदमार्गबाट नोस्याम, तप्खर्क, तोरपुली हुँदै लौरी विनायक, भूमेदेवको भिरको कलात्मक द्वारले स्वागत गर्छन् । ।’ सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दू धर्मको महत्व बोकेको धार्मिकस्थल हो पाँच पोखरी। इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्- भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड। हेर्नुहोस हिउँले ढपक्कै ढाकेको पाँचपोखरी । तस्बिर : नेपाल फोटो लाइबेरी

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज