लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन : मन्त्री पाण्डे

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले सुशासन कायम गर्नका लागि लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताउनु भएको छ ।

नवलपरासी (बर्दघाट पश्चिम सुस्ता) मा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुशासन कायम गर्नको लागि अरुलाई दोष दिनु भन्दा पनि नेतृत्व तहबाट नै पहल गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुशासन आफैबाट सुरुवात गनुपर्ने हुन्छ त्यसमा नेतृत्व , कर्मचारी , तथा सेवाग्राही सबै जिम्मेवार बन्नुपर्छ अनि मात्रै लागु हुन्छ अन्याथा भाषणमा मात्रै सीमित हुन्छ । संघीयताको प्रत्याभुति नागरिकलाई दिलाउन प्रदेश सरकार लागि रहेको जिकिर गर्दै त्यसका लागि संघसँग विकेन्द्रीकरणको लागि संर्घष गरिरहेको छ ।’

उहाँले संघीयता कार्यान्वयनका लागि सवैको सहयोग आवश्यक रहेको समेत बताउनु भयो । मन्त्री पाण्डेले प्रदेश सरकार विस्तारको लागि मन्त्रालय बाँडफाडमा सत्तारुढ दलहरु लागि रहेको बताउदै अब छिटै सरकारले पुर्णता पाउने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गर्न बुद्धको जन्मस्थल लुम्विनी क्षेत्रको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिनु भयो । त्यसको लागि तीनै तहका सरकारको दायित्व रहेको औल्याउदै प्रदेश सरकार घरेलु उद्योग निर्माण,खेतीयोग्य भूमिमा चाहिने जति मल भण्डारण गर्ने जस्ता कार्यमा लागीरहेको वताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भौमति यादवले सुशासन कायम गर्नको लागि जिल्ला समन्वयलाई पूर्ण जिम्मेवार बनाउनु पर्ने बताउनु भयो । उहाले स्थानीय तहको विकासको लागि सयममै नदिजन्य पदार्थको ठेक्का लगाउनु पर्नेमा जोड दिनु भयो। । उहाले ढिला सुस्तीका कारण नदी जन्य पदार्थ चोरी बढेकाले त्यसलाई रोक्न सवैले ध्यान दिनु पर्ने बताउनु भयो ।

नवलपरासी(बर्दघाट पश्चिम सुस्ता) का प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सुशासन कायम राख्नको लागि पारदर्शिता,जवाफदेहिता र विधिको शासन पालना गर्नुपर्नेमा वताउनु भयो। विकासे आयोजनाहरु समयमा पुरा नहुनुमा आयोजना छनोटमा नै कमजोरी रहेको उहाँको भनाई थियो । उहाँले सेवाग्राही प्रविधिमैत्री हुन नसक्दा काममा ढिला सुस्ती भएको भन्दै सुधारको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनु भयो । उहाले स्थानीयवासी सचेत नहुदाँ सीमा क्षेत्रमा तस्करहरुले लाभ लिएको बताउनु भयो ।

ADVERTISEMENT

जिल्लामा सुशासनको अवस्था तुलनात्मक रुपमा केही सुधार भए पनि जनचाहना अनुरुप हुन नसकेकाले सुधारका लागि आफुहरुले पहल गरिरहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।

त्यसै गरी पूर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले शिक्षा क्षेत्रमा बेथिति रहेकाले सुधार गर्नुपर्नेमा बताउनु भयो । बर्दघाट नगरपालिकाका प्रमुख शम्भु लाल श्रेष्ठले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन आफुहरु लागीरहेको बताउदै जनगुनासोलाइ ख्यालमा राखेर काम गरिरेहेको बताउनु भयो । त्यसै गरी सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले आफुहरु जनताको न्याय र सुशासनको पक्षमा रहेको बताउँदै आफुहरुले जनताको मर्म र आवश्यकता अनुसार पालिकाले काम गरिरहेको बताउनु भयो ।

रामग्राम नगरपालिकाका प्रमुख धनपति यादवले जनतालाई सेवा दिने कुरामा ढिलासुस्ती नगरेको भन्दै पत्रकारले सत्यतथ्य नबुझी समचार सम्प्रेषण गर्दा जनतामा भ्रम सिर्जना भएको बताउनु भयो। उहाँले काम गर्ने क्रममा कमी कमजोरी हुन सक्छन् त्यसलाई सुधार गरेर अघि बढ्न पालिका तयार रहेको बताउनु भयो ।

कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव,सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता,बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा,सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी,कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख परमुराम धिताल , पालिका स्वास्थ्य प्रमुख प्रकाश पराजुली,सुनौलो सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापा, महाकवि देवकोट क्याम्पस प्रमुख नारायण प्रसाद ढकालल,स्थानीयबासी सन्जय कुमार चौहान लगायत जिल्लामा क्रियाशिल विभिन्न सरकारी,गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि,क्रियाशिल पत्रकार, सुरक्षाकर्मीले लगायतले बोल्दै सुशासनका लागी सबै प्रतिबद्ध हुनुपर्ने बताउनु भयो।

कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज