भैरहवा । नेपाल भारत सीमा क्षेत्रको भारतीय भूमिमा साताको शनिबार र बुधबार फरेनिया बजार लाग्ने गरेको छ । बजार भारतीय क्षेत्रमा लागे पनि उपभोक्ता भने अधिकांश नेपालीहरु हुने गरेका छन् । वर्षौंदेखि लाग्दै आएको बजारले एकातर्फ नेपाली उद्योगी व्यवसायीलाई प्रभावित बनाएको छ भने अर्को तर्फ अवैध रुपमा दैनिक लाखौँको सामान भित्रिँदा राजश्वमा पनि चुहावट भएको छ ।
उद्योगी व्यवसायीको छलफल होस या सुरक्षा वा प्रशासनको बैठक होस सबैभन्दा बढी फरेनिया बजारकै विषय उठ्ने गरेको छ । गुण्स्तरहीन वस्तुको अवैध आयात मात्रै होइन नेपाल सरकारले बन्देज गरेको पशुजन्य वस्तु कुखुराको मासु, अण्डासमेत यहीँबाट भित्रिने गरेको छ । भित्रिनु पनि लुकाएर होइन खुलेआम भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आँखा अगाडिबाट नै भित्रिने गरेको छ ।
कोभिडको समयमा शून्य बनेको बजार सशस्त्र प्रहरी र नेपाल प्रहरीले केही समय नेपालीहरुलाई जान कडाई गर्दा जाने क्रम रोकिएको थियो । सशस्त्र प्रहरी गणको नजिकै तीन दशक बढी समयदेखि लाग्दै आएको बजार प्रशासनले नजरअन्दाज गर्दा अहिले बजारले प्रश्रय पाएको छ । सशस्त्र एसपी गगन श्रेष्ठ, नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मीको संयुक्त प्रयास र व्यावसायिक संस्थाहरुको दबाबले केही समय बजार जाने नेपाली उपभोक्ता रोकिए पनि अहिले बजार पहिलाकै अवस्थामा सञ्चालन भइरहेको छ ।
पहिला केही समय फर्काउने गर्दा बजार आउनेको संख्या न्यून भएका थियो अहिले खासै रोक नलगाएकोले बजार आउने नेपालीको संख्या बढ्दै गएको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीले भने । अन्य दिन सुनसान र तस्कर हुने मेउडिहवा-झण्डीबजारको बाटो बजारको दिन इरिक्सा, टांगा, ट्याक्टरमा मात्र होइन साइकल मोटरसाइकल र बसको समेत लस्कर देखिन्छ । घरायसी वस्तु भन्दै मुख्य नाकाबाट तस्कर गरिरहने झोलेपोकेहरु पनि बजारकै मौका छोपेर बुधबार र शनिबार यही बाटोको प्रयोग गर्ने गरेका छन । बाटो छेकेर बसेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको सामुन्नेबाट नै लाखौँको सामान अवैध रुपमा भित्रिँदा समेत उपभोक्ता भन्दै प्रहरीले छाड्ने गरेको छ ।
बजार जाने मुख्य बाटो मेउडिहवा र नौडिहवा हो, बजार जानकै लागि बुटवल र अन्य ठाँउबाट बजार लाग्ने दिन बस सेवा नै सन्चालन हुँदै आएको छ । खुला सिमाना र प्रहरीको निगरानी कम भएकाले नुनदेखि सुनसम्म पाउने थलोको रुपमा यो बजार रहेको छ । यहाँ बजार भर्न रुपन्देहीमात्रै होइन, कपिलवस्तु र नवलपरासी, पाल्पासम्मको नेपाली उपभोक्ताहरु आउँछन । सस्तोको नाममा गुणस्तरहीन वस्तु लिएर जान थालेपछि यो बजारको सर्वत्र आलोचना पनि हुने गरेको छ भने नेपाली उद्योगी व्यवसायीलाई ठूलो मर्का यो बजारले दिने गरेको छ ।
सीमा क्षेत्रका उद्योगी व्यवसायीलाई नराम्री प्रभावित बनाएको यो बजारले बन्द हुनुपर्छ भन्ने अवाज सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठनले निरन्तर उठाउँदै आएको छ । केही समय रोकिएको बजारले स्थानीय बजार चलायमान भए पनि अहिले बजारले प्रश्रय पाएको छ ।अव्यवस्थित रुपमा त्रिपालमा माछा मासु खुला रुपमा बध गरि विक्री हुने, डम्पिङ साइडकै नजिकै मासु काट्ने स्थान तथा पसलहरुमा झिगा भन्केका हुन्छन् । मासु पसल वरपर झिंगा, कुकुर र कागले घेरेर प्रदूषित गर्दा पनि नेपाली उपभोक्ताले सस्तो छ भन्दै मासु किन्ने गरेका छन् ।
साग, सब्जी, घरायसी बस्तु र लत्ताकपडाका अलावा बजारमा माछा मासु पनि पाइन्छ । डम्पिङ साइडको नजिकै लाग्ने बजारमा खुला आकाशमूनि र धुलाम्य बजारमा दर्जन बढि माछा मासु पसल निर्वाध रुपमा संचालनमा छन । नेपाली बजारमा भन्दा सस्तोमा पाइने भन्दै सर्वसाधरणले अस्वस्थ्यकर मासु समेत पारीबाट नै ल्याउने गरेका छन् । भारतीय कुखुरा तथा पशुजन्य बस्तु क्वारेन्टाइन चेकजाँच नगरी ल्याउन बन्देज भएपनि यो बजारमा निर्वाध विक्री हुन्छ ।
उपभोक्तहरु सस्तोको नाममा गुणस्तरहीन बस्तु उपभोग गर्दो स्वास्थ्यमा पनि अल्पकालिन र दीर्घकालिन समस्या निमत्याउछ । गुणस्तरीय नेपालमा उत्पादित बस्तुले बजार पाउछ, यसलाई हामीले उपभोक्तामाझ बुझाउन जरुरी समेत रहेको व्यवसायिक संस्थाको भनाई छ । सीमावर्ती क्षेत्रमा लाग्ने यो बजारले वार्षिक करोडौं नेपाली मुद्रा बाहिरिने गरेको छ । करको दायरामा आएका र प्रक्रियागत रुपमा व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई यो बजारले प्रत्यक्ष मार पार्ने गरेकोे छ ।
विनाभन्सार आउने वस्तुलाई रोक्नका संस्थागत रुपमा हामीले सम्बन्धित् निकायलाई पटक पटक ध्यानाकर्षित गराउँदै आएका छौँ, भैरहवा भन्सार कार्यालयमा संक्षिप्त प्रज्ञापन भरेर नियमपूर्वक सामान ल्याउनु पर्छ भन्ने हाम्रो माग रहेको सिद्धार्थ उद्योग वाािण्ज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भन्नुभयाे । नेपाली नगए बजार स्वतः बन्द हुन्छ ,उपभोक्तमा जनचेतना अभाव हुँदा समेत बजारले प्रश्रय पाएको अध्यक्ष श्रेष्ठको बुझाइ छ ।
खुला र विनाभन्सार सामान आउँदा नेपाली बजारमा प्रतिस्पर्धा गर्न पनि गाह्रो छ, बजार बन्द नगरेसम्म आत्मनिर्भर हुन सकिँदैन । सीमावर्ती क्षेत्रमा लाग्ने सो बजारका कारण वार्षिक करोडौं नेपाली मुद्रा भारत जाने गरेको उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयाे । 'सस्तोको नाममा नेपालीहरु गुण्स्तरहीन बस्तु किनेर आउँछन, विनाभन्सार आउने ती बस्तुलाई रोक्नका लागि हामीले सम्बन्धित् निकायलाई धेरै पटक जानकारी गराए पनि केही सुनुवाई भएन,' अध्यक्ष ज्ञवालीले भन्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच