पतिको दीर्घायुको कामनासहित मिथिलामा ‘बट सावित्री पर्व’ मनाइँदै

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै आज मिथिलाञ्चलका मैथिली महिलाहरूले बट सावित्री पर्व धुमधाम साथ मनाउँदै छन् ।

मैथिली महिलाहरूले मनाउने चाड मध्ये वट सावित्री अर्थात बरसाईत पर्व मैथिली महिलाहरूका लागि महान् पर्वकै रुपमा मनाइने गरिन्छ ।

प्रत्येक वर्ष जेठ महिनाको अमवशिया तिथिको दिन मनाउने वट सावित्रिको पूजामा महिलाहरूले नयाँ पहिरनमा वर र पिपलको रुखमा सामूहिक रुपमा विधिपूर्वक पूजा गर्छन ।

ADVERTISEMENT

पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीको साथ पूजापाठ गरेर व्रतालु महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै वर तथा पिपलको रुखलाई रातो, र पहेलो धागो बेरी पुजा गर्छन ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रूख तल बसेर कठोर व्रत गरी आफ्नो पतिको प्राण फर्काएको हुँदा महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव जातिका महिलाले मात्र गर्ने गरेको बरसाइत पूजा अहिले अन्य जातिका महिलाले समेत पतिको दीर्घायुको कामनासहित गर्न थालेपछि यसको महत्वले बढिरहेको महिलाहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज