जुम्मा चुम्मासँग डराएका थिए अमिताभ बच्चन

Read Time = 2 mins

मुम्बई । सन् १९९१ मा रिलिज मुकुल आनन्द निर्देशित ‘हम’ अभिनेता अमिताभ बच्चनका लागि विशेष छ । गणतन्त्र दिवसमा रिलिज यो फिल्ममा अमिताभ बच्‍चन, रजनीकान्त, गोविन्दा, किमी काटकर, शिल्पा शि‍रोडकर, डेनी डेन्‍जोङ्पा, अनुपम खेर र कादर खानजस्ता दिग्गज कलाकारको अभिनय थियो ।

यो फिल्म त्यसबेला सुपरहिट साबित भएको थियो । जबकी यो फिल्मले अमिताभको करियरमा पनि नयाँ उचाई थपिदिएको थियो । करिब ३ करोडमा बनेको यो फिल्मले बक्सअफिसमा १६ दशमलब ८ करोडको कलेक्सन गरेको थियो ।

यो फिल्मको विशेषता के थियो भने यसको गीत ‘जुम्मा चुम्मा’ सर्वाधिक हिट भएको थियो । जुन गीतलाई अहिले पनि सबैले सम्झन्छन् । तर रोचक कुरा के छ भने यो गीतमा अमिताभ नाँच्न चाहदैन थिए । उनी यो गीतको ठाउँमा अर्को गीतमा आफू नाँच्न तयार रहेको कोरियोग्राफरलाई बताएका थिए ।

ADVERTISEMENT

अमिताभको बुझाईमा यो गीत ‘अश्लील’ थियो । गीतमा अमिताभ सेतो सर्ट, कालो पेन्ट र कालो ज्याकेटमा गलामा कालो गाम्छामा देखिएका थिए । उनको यो लुक्स उसबेला निकै लोकप्रिय बनेको थियो ।

अमिताभलाई गीतको हुक स्टेप मन परेको थिएन । तर उनले फाइनल रिजिज अघि जया बच्चनलाई डान्स स्टेप देखाएपछि जयाले त्यो स्टेपलाई मनपराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?