करेन्ट लागेर संखुवासभामा एक जनाको मृत्यु
Read Time = 1 min
भाेजपुर । संखुवासभाको धर्मदेबी नगरपालिका वडा नम्बर ३ मुढेशनिश्चरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय तेम्बा शेर्पा रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार मुढेशनिश्चरेमा रहेको निर्माणाधिन भ्यु टावरको रेलिङ वेल्डिङ गर्ने क्रममा मङगलवार साँझ अचानक करेन्ट लागेर घाइते भएका शेर्पालाई उपचारको लागि धरान स्थित बिपी काेइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटना बिषयमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको संखुवासभा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts