डडेल्धुरामा योग महोत्सव हुँदै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । डडेल्धुरा जिल्लामा पाँच दिवसिय जिल्ला स्तरिय योग महोत्सव हुने भएको छ ।

योग गरौं निरोग बनौं भन्ने मूल ध्येयका साथ पतंजली योग समिति डडेल्धुराका आयोजनामा नागरिकलाई स्वस्थ एवं सुसंस्कृत बनाउन डडेल्धुरा जिल्लाको टुँडिखेलमा जेठ ९ गते मंगलवार देखि १३ गते शनिवार सम्म पाँच दिने डडेल्धुरा योग महोत्सव हुने समितिले जानकारी दिएको छ ।

महोत्सवमा महिला पतंजली योग समितिका नेपाल प्रभारी (प्रमुख) साध्वी देवआदिति ज्यूको सानिध्यमा संचालन हुने पाँच दिवसिय डडेल्धुरा योग महोत्सवमा योग साधना, शारिरिक अभ्यास, प्राणायाम लगायत सत्संग तथा आयुर्बेदिक औषधिय उपचार तथा योग स्वास्थ्य परामर्शका विषयमा साधकहरुलाई जनचेतनामूलक जानकारी तथा प्रशिक्षण गराईने पतंजली योग समिति सुदूरपश्चिम सह-प्रभारी गोबिन्द खडायतले जानकारी दिनु भयो ।

बुधवार बसेको पतंजली योग समिति डडेल्धुराको बैठकले डडेल्धुरामा योग महोत्सव सम्पन्न गर्न जिल्ला स्थित सरकारी कार्यालयहरु, स्थानीय पालिकाहरु लगायत बिभिन्न निकाय तथा संस्थाहरुलाई उपस्थिति र सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

बृहत योग शिविरको रुपमा संचालन हुने योग महोत्सवमा सहभागिताका लागि स्थानीय जनसमुदायलाई पनि प्रचारप्रसार मार्फत अनुरोध गर्ने निर्णय गरेको संगठन मन्त्री लोकराज पनेरुले जानकारी दिनु भयो ।

साथै बैठकमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, पतंजली योगका प्रचारक योग स्वामी रामदेव ज्यू तथा आयुर्बेद शिरोमणि आचार्य वालकृष्ण महाराज जीसहितको उपस्थितिमा यहि जेठ २१ देखि २५ गते सम्म सुदूरपश्चिमको प्रमुख पर्यटकिय क्षेत्र खप्तडमा हुने सुदूरपश्चिम योग यात्रा तथा शिविरका विषयमा पनि छलफल गरि जिल्ला स्तरबाट आवश्यक तयारी गर्ने निर्णय पनि गरिएको छ ।

खप्तडमा हुने योग यात्रामा नेपालका ७७ वटै जिल्लाबाट १० जनाका दरले योग प्रशिक्षकहरु, अगुवा योग साधक, बिभिन्न समितिका पदाधिकारीहरु लगायत यात्रामा सहभागि हुन चाहने ईच्छुक योगप्रेमी एवं सर्बसाधारणको उल्लेख्य उपस्थिति रहने पतंजली योग समिति सुदूरपश्चिम सह-प्रभारी खडायतले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज