काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ आज दिईदैछ ।
अध्यक्ष लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिनुभयो । मंगलबारको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्द्रीय सदस्यहरूले तीनतीन मिनेटमा आफ्नो धारणा राखेका थिए ।
अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभावका रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुँदा उल्लेख गरेर प्रतिवेदन पेश गर्नुभएको छ ।
भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गर्नुभएका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको निष्कर्षसहित पेश गरेका प्रतिवेदनमा मंगलबार केन्द्रीय सदस्यहरूले आ-आफनो धारणा राखेका थिए ।
जसअनुसार अध्यक्षको प्रतिवेदनको केही बुदाँहरू संसोधन गर्नुपर्ने केन्द्रीय सदस्यहरूको धारणा रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts