प्रहरीद्वारा ११ लाख २४ हजार मूल्य बराबरको अबैध समान बरामद

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ११ लाख २४ मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ। प्रहरीले भारतबाट अबैध रूपमा नेपाल भित्र्याउदाँ गरेको अवस्थामा मालसामन बरामद गरेको छ । प्रहरीले जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ४ टिसिएन चोक भारतबाट अबैध रूपमा नेपालमा भित्र्याउदाँ गरेको अवस्थामा उक्ति मानसमान बरामद गरेको हो ।

जिल्ला नवलपरासी बर्दघाट ४ टिसिएन चोक स्थित दक्षिणबाट उत्तर तर्फ ३ वटा मोटरसाईकलमा सामान राखी ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसिको कमाण्डमा खटिएको टोलिले समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनु भयो ।

ADVERTISEMENT

टिसर्ट ६२७ पिस, ५,०१,६०० सेण्डो भेष्ट ४९० पिस ४९,०००,लेडिज कुर्था ७३४ पिस ५,१३,८०० , जेन्स कुर्था ६० पिस ६०,०००गरी जम्मा मुल्य रु। ११,२४,४०० बराबरको मालसामान बरामद गरिएको डिएसपी पाण्डेले बताउनु भयो । सामान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बर्दघाटमा ल्याई भन्सार कार्यालय महेशपुर पठाईएको र उक्त सामान ल्याउने कार्यमा संलग्न मोटरसाइकल तथा मानिसहरूको खोजतलाश तथा अन्य अनुसन्धान भईरहेको प्रहरीले जनाकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज